नेपाल नर्सिङ एसोसिएसनले जित्यो एक लाख युरोको अवार्ड

नेपाल नर्सिङ एसोसिएसनले जित्यो एक लाख युरोको अवार्ड

नयाँ दिल्ली : स्वास्थ्य क्षेत्रको जोखिम न्युनिकरण गर्न नर्सको विशेष तालिम परियोजना संचालन गरे बापत नेपाल नर्सिङ एसोसिएसनले १ लाख यूरो (१ करोड १६ लाख ३२ हजार रुपैयाँ) बराबरको ‘रिस्क अवार्ड २०१७’ जितेको छ।

इपिनर्स परियोजना (इपिडिमिओलोजी नर्स) का लागि नर्सको छाता संगठन नर्सिङ एशोसिएसनले अवार्ड जितेको हो । मन्च री फाउन्डेसन, संयुक्त राष्ट्र संघको प्रकोप जोखिम न्युनिकरण तथा ग्लोबल रिस्क फोरम डावोसद्वारा संयुक्त रुपमा प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यस पटक नर्सि एशोसिएसनलाई प्रदान गरिएको हो ।

अवार्डका लागि अन्तिम तीनमा इपिनर्सका अलाबा केन्या तथा भारतको परियोजना छानिएको थियो । सूचना तथा संचारका लागि नयाँ अवधारणा तथा प्रविधि शीर्षकमा राखिएको अवार्ड अन्तत इपिनर्सलाई प्रदान गरिएको हो ।

बुधबार मेक्सिकोमा प्रदान गरिएको सो अवार्ड नर्सिङ एसोसिएनको तर्फबाट अप्सरा पाण्डेले लिएकी थिइन । प्रकोप जोखिम तथा कमजोर जनआवादी भएको क्षेत्रको पहिचान गर्न एसोसिएसनको संजाल प्रभावकारी रहेको पाण्डेको दाबी छ।

पाण्डेले भन्नुभयो, ‘प्रकोप जोखिम घटाउनका लागि एपिनर्सको भूमिका प्रभावकारी रहेको छ। जोखिम क्षेत्रका जनताबीच समन्वय गरेर जनचेतना जगाउँदै प्रकोप जोखिम न्युनिकरणका लागि उनीहरुले योगदान दिइरहेका छन् ।’

मेक्सिकोमा अवार्ड समारोह सम्पन्न भएको थियो। ‘प्रकोप जोखिम क्षेत्रमा पर्ने नेपालमा बाढी पहिरो, दुर्घटनादेखि लिएर राजनीतिक प्रकोपको समेत जोखिम छ । यो परियोजना अन्तर्गत यस्ता जोखिमबाट आउने स्वास्थ्यदेखि सामाजिक तथा मानवीय समस्यामा नर्सको भूमिकाका साथै जनस्तरमा समेत चेतना अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्नेछौं,’ नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भेटिनुभएकी एसोसिएसनकी अध्यक्ष तारा पोखरेलले भन्नुभयो ।

दुई वर्षे यो परियोजना अन्तर्गत भूकम्प प्रभावित क्षेत्रको पहिचान गरेर स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पहिलो चरणमा पोखरा, बुटबल, सिंधुपाल्चोक र काठमाडौंमा कार्यक्रम संचालन गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणको तालिममा प्रकोप जोखिम के हो, यसबाट बच्ने उपाय, यसको कसरी व्यवस्थापन गर्ने तथा यसबाट उत्पन्न स्वास्थ्य समस्यालाई कसरी उपचार गर्ने लगायतका बारेमा नर्स, स्वास्थ्य कार्यकर्ता, शिक्षक तथा स्थानीय तहका नेतालाई प्रशिक्षण दिने कार्यक्रम छ, परियोजनाको कार्यक्रमबारे बताउँदै पोखरेले भन्नुभयो ।

इपिनर्स परियोजना अन्तर्गत संचालित कार्यक्रमको माध्यमबाट सूचनाको डाटाबेस तयार पारिने र त्यसको आधारमा आगामी दिनका जोखिम न्युनिकरण गर्न मदत पुग्ने विश्वास गरिएको छ । २०१८ सालमा स्थापना भएको नर्सिंङ एसोसिएसन अफ नेपालमा ७२ हजार नर्सहरु आवद्ध छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.