आक्रमणप्रति आरियानाको खेद

आक्रमणप्रति आरियानाको खेद


अमेरिकी पपगायिका अरिना ग्रान्डले गत सोमबार राति भएको आत्मघाती आक्रमणको निन्दा गरेकी छन् । बेलायतको म्यानचेस्टरमा भएको आक्रमणमा २२ जनाले ज्यान गुमाए भने ५९ जना घाइते भएका थिए ।

आक्रमणका कारण आफ्ना फ्यान गुमाउनुपर्दा निकै दुःख लागेको उल्लेख गर्दै २३ वर्षीया अरिनाले आफ्नो युरोप भ्रमणसमेत रद्द गरेकी छन् । अरिनाको अक्टोबर २ मा लन्डनमा कार्यक्रम तय गरिएको थियो ।

लन्डनपछि बेल्जियम, पोल्यान्ड, जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, स्पेन, इटाली, मेक्सिको, ब्राजिल, थाइल्यान्ड, अस्ट्रेलिया हुँदै सेप्टेम्बर महिनामा हङकङमा टुर समापन गर्ने तालिका थियो । अरिनाको कार्यक्रमलाई लक्षित गरी आक्रमणकारीले हमला गरेका थिए । कार्यक्रममा उनका १० हजारभन्दा बढी फ्यान उपस्थित थिए । अरिना भने सकुशल रहन सफल भइन् । उक्त घटनालाई विश्वभरका सेलिब्रेटीहरूले खेद प्रकट गरेका छन् । –एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.