भनिएका तर नसुनिएका

भनिएका तर नसुनिएका

नेपाली साहित्यमा निबन्ध विधाको इतिहास धेरै लामो नभए पनि विकास-पक्षलाई हेर्ने हो भने अन्य विधाको दाँजोमा यसले आफ्नो गतिमा निकै तीव्रता अँगालेको पाइन्छ । तथ्यांकमा हेर्दा शंकर लामिछानेको 'एब्स्ट्र्याक चिन्तन प्याज'लाई नेपालको उत्कृष्ट निबन्धकारिता मानिन थालेपछि यो विधामा कलम चलाउनेको संख्या अचानक बढ्न पुगेको भेटिन्छ ।त्यसो त ताना सर्मा, कृष्णचन्द्र सिंह प्रधानजस्ता सिद्धहस्त निबन्धकारले नेपाली साहित्यको गरिमालाई बढाएको तथ्यलाई आँखा चिम्लन के सकिन्थ्यो ?

BImal-Bhaukajiदोस्रो पुस्तामा आएर निबन्धको विकासक्रममा अझ निखार आएको पाइन्छ । यो विधामा लेख्नेमा श्रीओम श्रेष्ठ 'रोदन'को नाम नलिने हो भने आज लेखिने निबन्धको विश्लेषण सम्भवत: अपूरो हुन जान्छ । त्यसमा पनि गिनेचुनेका स्थापित निबन्ध छनोट गर्नुपर्दा रोदनका निबन्ध स्वाभाविक छानिन पुग्छन् ।

'संवेदनाका स्वरहरू', 'अर्थहीन अर्थहरू', 'समयका सम्भावनाहरू', 'एक्लो परिचय' नामक निबन्धका चार किताब प्रकाशित गरिसकेका रोदनको गत वर्षको अन्तिम-अन्तिम महिनातिर शीर्षक निबन्ध 'भनौं कि नभनौं'सहित २१ वटा विभिन्न शीर्षकका निबन्ध समेटिएका संग्रह भनौं कि नभनौं प्रकाशित भएको थियो ।

निबन्धको गुण भनेको स्वभावैले प्राय: निजात्मक, संस्मरणात्मक हुन्छ । यो परम्परालाई रोदनका निबन्धले निरन्तरता दिएका छन् । तथापि अत्यन्तै अनुभूतिजन्य भावमा लेखिएका छन्, निबन्धहरू । यही भावलाई आधारशीला बनाएर निजात्मक, व्यक्तिपरक, वस्तुगत र यात्रात्मक निबन्धहरू पुस्तकमा संगृहीत छन् ।
शब्दहरूको बुनोट असाध्यै आकर्षित लाग्छन् । 'कहाँ देख्नु आपैmंलाई' शीर्षक निबन्धमा उनी लेख्छन्, 'म पनि हतारोमा छु समयको । छिनछिनमा घडी हेर्छु र हतारोको संकेत गर्छु । घटाउनुपर्ने घन्टाहरू घट्दैछन् कि छैनन् भनेर । तर के गर्नु ? समयले कसैलाई बुझ्ने भए पो ! ...हतारले छिटो चल्ने, फुर्सदले ढिलो चल्ने मान्छे हो र समय ? ...' सामान्यजस्ता लाग्ने तर निकै गहन अर्थ बोकेका टिपोट गर्न योग्य यस्ता पंक्ति यत्रतत्र छन् ।

उदाहरणार्थ अन्य केही पंक्तिहरू-
- '...आखिरमा हेर्ने भनेको नै अरूलाई त हो नि, आपूmलाई हेर्न नसक्नेहरूले । हैन र !' (कहाँ देख्नु आफैंलाई)
- '...यात्रालाई नै जीवन भनेर स्वीकार गरिसकेपछि किन गोडा कमाइरहनु हिँड्नलाई ? ...' (उठाएँ फेरि हात)
- '...समयको नाडी छामेर मनलाई तौलनु हुन्न । ...मनको सम्झौता मनसँग हुनुपर्छ, समयसँग हैन ।' (मनका कुरा)

आजकलको लेखनमा लेखकले प्राय: नितान्त आफ्नै कुरो लेख्छ, आफ्नै दु:ख लेख्छ, आफ्नै खुसी लेख्छ, बढी आत्मरति नै लेख्छ । अर्को शब्दमा भन्नुपर्दा कागजको हवाई घोडा बनाएर चढ्छन् लेखकहरू । र, उसको लेखन सबैले पढून् भन्ने सोच राख्छन् । हो, लेखकले यस्तो आग्रह राख्नु अस्वाभाविक पनि नठहर्ला । तर उसले लेखेको कुरो संसारमा सर्वग्राह्य नै हुनुपर्छ भन्ने मान्यता कहाँसम्म सही छ ? लेखकहरू त यतिसम्म सोच्छन्, मानौं हातमा कलम उठाइसकेपछि त्यो कलमका कुराहरू 'सत्य' नै हुन्छन् । भनिन्छ नै, सत्यका लागि बोलिएको भूmठ सत्यजत्तिकै हुन्छ । तर, वास्तवमा सत्य, सत्य नै हो । भूmठ, भूmठ नै हो । जस्तो कि दिन, दिन नै हो । रात, रात नै हो । यस अर्थमा नढाँटीकन, छलकपट नगरीकन सहीलाई सही र गलतलाई गलतकै रूपमा आफ्ना शब्दहरूमार्पmत व्यक्त गर्न सक्ने खुबी रोदनको कलममा देखिएको छ । चट्टानजस्तो साह्रो, पढ्दाखेरि फुटाउनुपर्ने परि श्रम गर्न आवश्यक छैन, पानीजस्तो तरल छ उनका निबन्धहरू ।

चट्टानजस्तो साह्रो, पढ्दाखेरि फुटाउनुपर्ने परि श्रम गर्न आवश्यक छैन, पानीजस्तो तरल छ उनका निबन्ध ।

'जित्ने कृष्णचन्द्र' कति सलल बगेको छ भने पढ्दापढ्दै त्यो निबन्धको शब्द-संयोजनले यसरी मुग्ध पार्छ कि कृष्णचन्द्र सिंह मानौं सामुन्ने आएर बसिदिएका छन् र लेखक उनकै अघिल्तिर बसेर उनीसँग भलाकुसारी गरिरहेका छन् । सबै लेखकको कलममा यस्तो कला पाउन कहाँ सकिन्छ ?

किताबमा समाविष्ट 'न्याय पाउँछु कि !' शीर्षकको निबन्ध अर्को किसिमको कला बोकेको निबन्ध हो, जुन निबन्ध विषयवस्तुको हिसाबले अलिक फरक छ । यसमा उनको लेखनमा छुट्टै विशेषता भेट्टिन्छ । सहज पारामा लेखिए पनि यसमा गहिरो व्यंग्य छ । हातमा कलम बोक्नेले गर्नसक्ने कलमको दुरुपयोगलाई आत्मपरक ढंगमा बडो कलात्मक रूपले पेस गरिएको छ यसमा ।

कहीँ कतै घुमाइफिराइ नगरीकनै उनको कलमले सीधै स्पष्ट सत्य पोखिदिएको छ । जस्तो कि 'पत्रकारितामा जति नै स्वतन्त्र भने पनि प्रायोजित नभएका कलम खोजेर कहीँ पाइँदैन ।...' धेरै ठाउँमा यस खालका समसामयिक वास्तविकताको प्रयोगले निबन्धहरूलाई अझ बढी पठनीय बनाएको छ ।

आकर्षक शीर्षकीकरण उनका निबन्धहरूको अर्को खास विशेषता हो । 'जित्ने कृष्णचन्द्र', 'स्याबास भूकम्प', 'आँसुको अक्षरमा', 'बन्दीगृहको बोनस', 'मान्छे महोत्सव', 'मेजर कि माइनर', 'उठाएँ फेरि हात'जस्ता शीर्षक यसका उदाहरण हुन् । यतिमात्रै होइन, शीर्षकमुताबिक प्रस्तुत गरिएका यी निबन्धहरूले शीर्षकलाई शतप्रतिशत सार्थक तुल्याएका छन् ।

नहिच्किचाईकन भन्न सकिन्छ- उनका निबन्धहरू भोलिका पुस्ता, जो निबन्ध लेख्न चाहन्छ उसका लागि निबन्ध-लेखाइको बाटो तय गर्ने एउटा स्पष्ट सारथि हुनसक्छ । यो यसकारण पनि भन्न सकिन्छ कि श्रीओमका अघिल्ला लेखनहरूका दाँजोमा यी निबन्धहरू अत्यन्तै माझिएका छन् ।

पुस्तकको प्राविधिक पक्ष भने खट्किन्छ । वाक्यांशहरूको शुद्धतामा अलिकति ध्यान पुगेको देखिँदैन । त्यसो त लेखनको सन्दर्भ उठाउँदा लेख्नसक्नु नै सबैभन्दा महत्वको मानिन्छ, अन्य विषय गौण हुन्छ । तर, यति भन्दाभन्दै पनि लेखिसकेपछि र त्यसलाई किताब बनाएर पढ्नयोग्य बनाइसकेपछि विशेषत: किताबको रूपरङतर्पm पनि ध्यान पुर्‍याउन आवश्यक हुन्छ । र, यही कमजोरी यो पुस्तकमा प्रस्ट देखिन्छ । खास गरेर किताबको बाहिरी आवरण त्यत्ति आकर्षक लाग्दैन, भित्री पेजको ले-आउटमा हल्कापन देखिन्छ । सम्पादन-पक्षद्वारा यसतर्पm अलिक मेहनत गर्न सकिन्थ्यो । यस विषयलाई अलग राखेर हेर्ने हो भने लेखनको गहनताले किताबको महिमा उसै पनि बढाएकै छ ।

अन्तमा, लेखककै शब्द-
'...मान्छे धनले धनी हुन्छ । शक्तिले बलियो हुन्छ । बनाए सालिक पछि बन्छ । तर, विचार, विवेक र कीर्तिले धेरै कुरा बन्नसक्छ । मरेपछि पनि बाँचिरहन्छ । यही कारण मानिस कसरी मर्‍यो भन्दा पनि कसरी बाँच्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।...' कति सत्य ! ! !

लेखक : श्रीओम श्रेष्ठ 'रोदन'
प्रकाशक : तन्नेरी प्रकाशन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.