देवी र रेणुको मतान्तर ११४५(अपडेट)

देवी र रेणुको मतान्तर ११४५(अपडेट)

चितवन : सर्वाधिक चर्चा र चासोको रुपमा चितवनको चितवनकाे भतरपुर महानगरपालिकाको मतगणनाको अन्तिम चरणमा आइपुग्दा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहनुभएको छ।

आइतबार बिहान सकिएको गणना अनुसार रेणु दाहालभन्दा देवी ज्ञवाली ११४५ मतले अगाडि हुनुहुन्छ ।  अब ९ हजार ७ सय २३ मत गन्न बाँकी छ ।  शनिबार मध्यरातीसम्मको गणना अनुसार  माओवादीका रेणु दाहालको भन्दा एमालेका देवी ज्ञवालीले १२ सय ३७ मतले अग्रता लिनु भएको थियाे ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३९ हजार ७ सय ६५ मत ल्याउनु भएको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले ३८ हजार ६ सय ५ मत प्राप्त गर्नु भएको छ।

उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४१ हजार ५ सय २५ मत ल्याउनु भएको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३५ हजार ६ सय २० मत ल्याउनु भएको छ। उपमेयरमा ५ हजार ९ सय ५ मतान्तर रहेको छ ।

अब चितवनको भरपुर महानगरपालिकाका १९, २०, २१ वडाको मत गन्न बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.