काठमाडौं महानगर प्रमुखमा एमालेका शाक्य र उपप्रमुखमा कांग्रेसकी खड्गी विजयी

काठमाडौं महानगर प्रमुखमा एमालेका शाक्य र  उपप्रमुखमा कांग्रेसकी खड्गी विजयी

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गर्नुभएको हो भने उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी हुनुभएको छ ।


शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो । आइतबार बिहान सकिएको मत गणनाको अन्तिम परिणाम अनुसार शाक्यले ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले २४ हजार ९८ मतान्तरले विजयी हुनुभयो । उहाँले ५८ हजार ९ सय ५२ मत ल्याउनुभयो भने उहाँका निकतम् प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याउनुभयो ।

काठमाडौं महानगर विवेकशील नेपालीकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ म ल्याएर तेस्रो स्थानमा रहनुभयो भने साझा पार्टीका किशोर थापा १८ हजार ४सय ९६ मत ल्याएर चौथो स्थानमा रहनुभयो । तर तेस्रो दल नेकपा माओवादी केन्द्र पाँचौं स्थानमा खुम्चन वाध्य भयो ।

एक लाख ९७ हजार २ सय २७ मत खसे पनि ६ हजार १ सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो ।

को हुन् विद्यासुन्दर ?

नेकपा एमाले काठमाडौंका जिल्ला सचिव विद्यासुन्दर शाक्य काठमाठौँ महानगरपालिकाको मेयर निर्वाचित हुनुभएको छ । अहिलेसम्म कुनै पनि निर्वाचनमा हार बोहोर्नुनपरेका शाक्य मेयरमा निर्वाचित भएसँगै आगामी पाँचवर्ष भित्र काठमाडौँ महानगरपालिका सम्हाल्न जनप्रतिनिधिबाट अनुमोदित भइसक्नुभएको छ । काठमाडौं महानगर देशकै सबैभन्दा पुरानो र शक्तिशाली महानगर मानिन्छ।
विं।सं। २०२० जेठ ९ गते काठमाडौँको लगनटोलमा जन्मिनुभएका शाक्य अब आफ्नो टोलबाट करिब झण्डै डेढ किलोमिटर टाढाको दूरीमा रहेको बागदरवारमा अवस्थित काठमाडौं महानगरको कुर्सी पाँचवर्षका लागि सम्हाल्नु भएको छ ।

विद्यालयतहदेखि नै राजनीतिमा संलग्न सरल, सभ्य र सालिन व्यक्तित्वका धनी राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि केही गर्ने अठोट लिनुभएको थियो । निरन्तरको योगदान र निष्ठाको प्रतिफलका कारण आफू सफल भएको उहाँको भनाई छ ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गर्नुभएका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

नेवारी समुदायमा जन्मि(हुर्किनु भएका शाक्य काठमाडौंको भित्रि सहरमा निकै लोकप्रिय जनप्रतिनिधीका रुपमा छुट्टै पहिचालन बनाउन सफल हुनुभएको छ । कलिलो उमेरदेखि नै राजनीतिमा सक्रिय हुनुभएका शाक्य २०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बन्नुभएको थियो । १६ वर्षको कलिलो जवानीमै राजनीतिमा लाग्नुभएका शाक्यले ५४ वर्षको उमेर पार गर्दासम्म पनि राजनीतिमै दत्तचित्त भएर लाग्नुभएको छ ।

२०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेल्नुभयो । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा पटक(पटक प्रहरीको निसानमा समेत पर्नुभएको थियो । शाक्य प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा ९एमाले० को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो । शाक्यले त्यसैबेला पनि आफ्नो जिम्मेवारीलाई कुशल ढंगले पूरा गर्नुभएको थियो । काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उहाँको भूमिका उल्यख्य रहेको थियो ।

कुशल नेतृत्व देखेर पार्टीले २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्‍यो । त्यतिबेला पनि उहाँले भारी मतले विजय हाशिल गर्नुभयो । उहाँको सक्रियताकै कारण २०५४ सालमा दोस्रो कार्यकालमा पनि वडाध्यक्ष निर्वाचित हुनभयो ।
शाक्य करिब दुई दशकदेखि नेकपा ९एमाले०को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । मृदुभाषी र कुशल संगठकका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल हुनुभएको छ । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको निधन भैसकेको छ । हाल लगनटोलमै श्रीमती सुचिता शाक्यसहित परिवारसँग बस्दै आउनु भएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसक्नु भएको छ ।

उहाँले सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले काम गर्ने सोच बनाउनुभएको छ । ‘अब भनिने महानगर होइन देखिने महानगर बनाउने छुु उहाँले भन्नुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.