श्रीलंकामा बाढीपहिरो :सयको मृत्यु, २ लाख प्रभावित

श्रीलंकामा बाढीपहिरो :सयको मृत्यु, २ लाख प्रभावित

कोलम्बो : श्रीलंकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी एक सयजनाको मृत्यु भएको विपत्ति व्यवस्थापन केन्द्रका उपमन्त्री दुनेश गनकानदाले शनिबार जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको बताएको छ । गत बिहीबार आएको भीषण वर्षापछिको बाढीपहिरोले अहिलेसम्म देशभरका विभिन्न ठाउँका दुई लाखभन्दा बढी मानिसलाई असर पारेको छ । जलवायु विभागले दक्षिण पश्चिमी टापु क्षेत्रमा शनिबार पनि वर्षा र हावाहुरी आएको छ । बाढीपहिरोले सयौं भवन ध्वस्त भएका छन् । सडक सञ्जालको सम्पर्क टुटेको छ । पीडितसम्म अझै पनि पुग्न नसकेको प्रशासनले स्पष्ट पारेको छ ।

सरकारले होचो भूभागमा अझै पानी जम्मा हुने चेतावनी दिएको छ । सरकारले पानीको स्तर बढ्न सक्ने चेतावनी दिँदै उचाइ भएका ठाउँमा जान आग्रह गरेको छ । श्रीलंकाको विदेश मन्त्रालयले पनि घटनास्थलमा आपत्कालीन उद्धार एकाइका तर्फबाट उद्धार तथा राहत व्यवस्थापनका लागि काम गरिरहेको छ ।

मन्त्रालयले पीडितलाई उद्धार तथा राहतका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ र छिमेकी मुलुकलाई पनि आग्रह गरेको छ । श्रीलंकामा उद्धारका लागि भारतीय सहयोगी टोली कोलम्बो आइपुगेका छन् । चिकित्सक र आकस्मिक उद्धार टोली शनिबार बाढीप्रभावित ठाउँमा पुगिसकेको छ । औषधि भरिएको एक जहाज पनि श्रीलंका आइपुगेको बताइएको छ । ९० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंकाको वायु सेना र नौसेना बाढीमा फसेका व्यक्तिको उद्धारका लागि हेलिकोप्टर र डुंगाबाट पुग्ने प्रयास गरिरहेका छन् । कुनै क्षेत्रमा ६०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । १४ वर्षयताकै सबैभन्दा अत्यधिक वर्षा भएको सम्बन्धित संस्थाले बताएको छ । मौसम विभागका प्रमुख आरएस जयशेखरले अझै वर्षाको सम्भावना रहेको बताएका छन् । आगामी मंगलवारदेखि पुनः भीषण वर्षा हुने उनले बताए ।

कलुतारा जिल्लामा भूस्खलन र रत्नापुरा जिल्लामा बाढीले सबैभन्दा बढी श्रीलंकाली मारिएका छन् । पश्चिमी र दक्षिणी प्रान्तका सबारागामुवामा १ हजार ८ सय ११ घरपरिवार प्रभावित भएका छन् । कृषिका लागि श्रीलंकामा व्यापक रूपमा वन फँडानी गरिएपछि केही वर्षदेखि बाढी र भूस्खलनको चपेटामा पर्दै आएको छ । गत वर्ष पनि भूस्खलनबाट एक सय व्यक्तिको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.