राजधानी सहरको सपना पूरा होस् : साझा पार्टी

राजधानी सहरको सपना पूरा होस्  : साझा पार्टी

काठमाडौं : साझा पार्टीले काठमाडौंका मतदातालाई धन्यवाद दिदैँ काठमाडौं महानगरवासीले भरपर्दो विकल्पको रुपमा लिएको विश्वास व्यक्त गरेको छ ।पार्टी निर्माण भएको छ हप्ता मात्रै भएको अवस्थामा मतदाताले विश्वास गरेकोमा आगामी बाटो सुन्दर छ भन्ने साझा पार्टीले विश्वास व्यक्त गरेको छ । 

साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उमेदवारी दिएका किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदाताहरूलाई हृदयदेखि नै धन्यवाद दिन दिएको हो ।

‘पार्टी निर्माणको प्रक्रिया सुरु गरेको ६ हप्तामैं र कहीँ कतै सङ्गठन निर्माण नै नभई उमेदवारी दिँदा पनि कडा प्रतिश्पर्धामाझ दुवै उमेदवार क्रमशस् तेस्रो र चौथो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिएको तथ्यको स्पष्ट सङ्केत हो' विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका रूपमा निर्वाचित हुनुभएका नेकपा एमालेका विद्याशुन्दर शाक्य तथा नेपाली कांग्रसकी हरीप्रभा खड्गीलाई हामी बधाईसमेत दिएको छ । ‘तपाईँहरूको नेतृत्वमा देशको राजधानी सहरको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ।' विज्ञप्तिमा भनिएको छ ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने साझा पार्टीले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.