मूल्याङकन गर्ने जिम्मेवारी जनतालाई दिदै संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो मूल्याङकन गर्ने जिम्मेवारी इतिहास र जनतालाई सुम्पदै स्पष्टीकरण दिनु भएको छ । नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको आइतवार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिनु भएको हो ।
संविधान कार्यान्वयन र विकास निर्माणलाई आफूले गति दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति अवलम्बन गरेको पनि जानकारी गराउनुभयो । सबै राजनीतिक दलका वीचमा एकता र बिश्वास जगाउँदै अगाडि बढनु पर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आफनो १० महिने कार्यकालमा आफूले अगाडि बढाएका नीतिगत पक्षमा पनि प्रकाश पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस !
४