सरकारको नीति तथा कार्यक्रम पारित

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ: सरकारले आव २०७४/७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ।

राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको धन्यवाद प्रस्तावलाई संसद्को आजको बैठकले बहुमतले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसअघि नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसार सरकारले सोमबार आगामी आव २०७४/७५को वार्षिक आयव्यय विवरण(बजेट) प्रस्तुत गर्नेछ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.