आर्थिक सर्वेक्षण सार्वजनिक : जीडीपी ६.९४ प्रतिशत बढ्ने (सर्वेक्षणको पूर्णपाठ)
काठमाडौं : चालु आर्थिक वर्षमा मुलुककको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ६.९४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। सरकारले आइतबार आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष जीडीपीको हिस्सा अघिल्लो आर्थिक वर्ष २०५०/५१ यताकै उच्च हो।
गत आवमा आर्थिक वृद्धिदर ०.०१ प्रतिशत रहेको थियो। भूकम्प र नाकाबन्दीका कारण संकुचित भएको अर्थतन्त्र चालु वर्षमा पुर्नउत्थान भएको हो।
अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको २०७३ ७४ को आर्थिक सर्वेक्षण अनुसार कृषि क्षेत्रको उत्पादन ५.२९ प्रतिशत र गैर कृषि क्षेत्रको उत्पादन ७.७४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गतवर्ष कृषि ०.०३ र गैरकृषि ०.१६ प्रतिशतले बढेको थियो।
अर्थतन्त्रको आधारमा सेवाक्षेत्रको अंश बढ्दै गएको छ भने कृषिको अंश घट्दै गएको छ। कुल जीडीपीमा उच्च रहदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
४