निर्वाचन रोकेर राजपालाई चुनाव चिन्ह दिनुपर्छ : उपेन्द्र यादव

निर्वाचन रोकेर राजपालाई चुनाव चिन्ह दिनुपर्छ : उपेन्द्र यादव

रौतहटः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्ति स्थापना तथा समृद्धिलाई संस्थागत गर्नका लागि निर्वाचन आवश्यक रहेको बताउनु भएको छ।

संघीय समाजवादी फोरम नेपाल रौतहटद्वारा आइतबार गौरमा आयोजित बृहद पार्टी प्रवेश कार्यक्रमपछि संचारकर्मी संग कुरा गर्दै यस्तो बताउनु भएको हो।

सर्वोच्च अदालतले स्थानीय तह सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले पनि सरकारले स्थानीय तहको संख्या थप्ने काम गलत गरेको पुष्टि भएको उहाँको तर्क छ।

बर्षौदेखि खडा भएको विभेद र शोषणले भरिएको मुलुकमा आफ्ना हक अधिकारको लागि फोरम संघर्षको माध्यमबाट सबै विभेदको अन्त्य गराउन प्रयासरत रहेको समेत अध्यक्ष यादवको दाबी छ।

नेपाली जनताको मताधिकारलाई कुण्ठित गर्ने फोरमको भावना नरहेको हुँदा जनभावना अनुरुप नै आफूहरुले निर्वाचनमा भाग लिएको प्रष्ट पार्दै अध्यक्ष यादवले स्थानीय तहको संरचना जनसंख्या र भूगोललाई समेटेर बनाउनु पर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो।

अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी नेपाललाई समेत दल दर्ता गर्न र चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोग लचिलो हुनुपर्ने बताउनु भएको छ । पार्टी दर्ता एवं चुनाव चिन्ह दिने व्यवस्थापन गर्नका निमित्त केही दिन निर्वाचन पछाडि सार्न सकिने उहाँको भनाइ छ।

शनिबारदेखि रौतहटका विभिन्न गाउँपालिकामा भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी यादवले विभिन्न पार्टी त्याग गरी आफ्नो पार्टीमा आएकालाई स्वागत गर्नु भएको छ।

आइतबार बिहान गौर नगरपालिकाको पूर्व मेयर गौरी शंकर यादव पनि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भएको छ।

शनिवार रौतहट आउनु भएका अध्यक्ष यादवले रौतहटको गौर, गंगापिपरा, फतुहा महेशपुर भएका कार्यक्रममा गाउँगाउँमा चुनावी माहौल बनाउन कार्यकर्ता तथा नागरीकलाई आग्रह गर्नुभएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.