'हामी सानो युरोप बनाउन सक्छौं'

'हामी सानो युरोप बनाउन सक्छौं'

काठमाडौं महानगरपालिकाको पहिलो महिला उपप्रमुख छानिनुभएको छ काँग्रेस नेत्री हरिप्रभा खड्गी श्रेष्ठ । उहाँले ५८ हजार नौ सय ५२ मत ल्याएर आफ्नो निकट्तम् प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठलाई २४ हजार ९८ मतान्तरले पराजित गर्नुभएको छ ।भक्तपुरमा जन्मिएकी हरिप्रभाले बनस्पति विज्ञानका प्राध्यापक प्रकाश खड्गीसँगको विवाहपछि काठमाडौंलाई आफ्नो कर्मथलो बनाउनुभयो । २०४६ सालको आन्दोलनदेखि नै राजनीतिमा होमिएकी उहाँले नेपाल महिला संघबाट आफ्नो औपचारिक राजनीतिक यात्रा शुरु गर्नुभयो ।

त्यसपछि देशमा भएका परिवर्तनमा नेपाली काँग्रेसको तर्फबाट सँधै अग्रस्थानमा सहभागिता जनाउनुहुने उहाँ दुवै संविधान सभाको निर्वाचनमा समानुपातिक सदस्यको मनोनयनमा परेपनि सभासद् हुनबाट बञ्चित हुनुभएको थियो । नेपाली काँग्रेसको ११औं महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधीका रुपमा रहनुभएकी खड्गीले महानगरपालिकामा उपप्रमुखका रुपमा रहेर गर्ने कामकारबाहीका बारेमा अन्नपूर्णकर्मी रामकला खड्कासँग गर्नुभएको कुराकानी ।


टिकट पाएदेखि जितसम्मको अनुभूति कस्तो रह्यो ?

लामो समयदेखि मैले दिएको निरन्तरताको प्रतिफल हो यो । महिला संघमा रहँदा पनि करिव चार वर्ष त देशभरका ६५भन्दा बढी जिल्लाका गाउँगाउँमा पुगेर त्यहाँका महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन प्रशिक्षण दिएँ । पार्टिबाट नै महिलालाई सुरक्षित नबनाई हुँदैन भनेर सबै पार्टि समक्ष ३३ प्रतिसत सहभागिताको माघ पनि राख्यौं । आज यो जितले आफूले गरेका कामको मुल्यांकन भएको महशुस भएको छ भने अबका दिनमा काठमाडौं र यहाँका बासिन्दाका लागि धेरै गर्न बाँकी छ भन्ने जिम्मेवारीबोध गराएको छ ।

अहिलेको स्थानिय निर्वाचनमा महिलाको सहभागितलाई कसरी हेर्नुहुन्छ ?

यस निर्वाचनमा महिलाको सहभागिता हेर्दा अबका दिनमा महिलाको अवस्था तल्लो तहदेखि नै सुध्रन्छ भन्ने मलाई विश्वास जागेको छ । अबका पाँच वर्ष पछि अर्को चुनाव गर्नैपर्छ । यसरी नै २० वर्ष कट्यो भने अहिले भएका नेतृत्वहरु पनि माथि उठ्दै जानेछन् । यसपालि नेपाली काँग्रेस होस् वा एमाले कसैले पनि महिलालाई वडा अध्यक्ष दिएनन् । त्यसैले आगामी दिनमा वडा सदस्य भएर काम गर्ने तरिका थाह पाइसकेकाहरुलाई वडा अध्यक्षसम्म बन्न सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।

महानगरपालिकामा आएपछि पहिलो काम के गर्नुहुन्छ ?
हामीले पहिले आफ्नो स्वास्थ रहे नै सबै काम गर्न सकिन्छ । त्यसैले धुलो धुवारहित काठमाडौं महानगरपालिका बनाउनु नै मेरो पहिलो काम हुनेछ । ठूल ठूला कुरा गर्नुभन्दा पनि हामीले सानैदेखि शुरु गर्नुपर्छ । धुलो हटेपछि काठमाडौंलाई हराभरा बनाउनुपर्छ । त्यसपछि महानगरपालिकाका दाजुभाइ दिदीबहिनीलाई धन्यवाद दिन चाहन्छु । किनभने नेपाली काँग्रेसले एउटी महिलालाई उपप्रमुखमा उठाउँदा तपाईंहरुले विश्वास गरेर मलाई जिताउनुभयो । नेकपा एमाले र राप्रपाले गठबन्धन गरेर महिलाको कोटा नै खाइदिए । त्यसैले महिला दिदीबहिनीलाई अब तलैदेखि राजनीतिमा आउनुपर्‍यो भनेर पनि आब्हान गर्न चाहन्छु । हामी महिलाले उद्यमी भएर दुई पैसा कतैबाट नकमाएसम्म अगाडि बढ्न सक्दैनौं । त्यसैले मेरो अर्को प्राथमिकताको विषय भनेको महिलालाई उद्यमी बनाउनु पनि हो ।

काठमाडौंलाई हराभरा बनाउन ठोस योजना केही छ की ?
हामीले योजना मात्रै बनाएर हुँदैन । सबैभन्दा पहिले हामी नागरिक नै सचेत हुनुपर्‍यो । हामीमध्ये को चाहीं सफा महानगरमा बस्न नचाहाला र ? हामीलाई धुवा धुलो युत्त शहरमा बस्न निकै गाह्रो भइसकेकाले मुख्य तया अहिले रहेको पार्किङको समस्यालाई ब्यवस्थीत पार्नेतर्फ सोच्नेछौं । यहाँ रहेका प्रति जग्गालाई खोजेर पार्किङ ब्यवस्थित बनाइनेछ । आज जितेर भोलिनै कायाँ पल्टाउँछु भनेर म भन्दिन । समय लाग्छ । जनताको साथ लिएर उहाँहरुकै सल्लाह बमोजिम काम गरेर हामी अगाडि बढ्नेछौं ।

प्रदुषणको मुख्य माध्यम बनेको सडकको धुलोलाई कसरी नियन्त्रण गर्ने सोच छ ?
विकासका लागि सडक बढाउनै पर्छ भने तापनि सडक बढाएर मात्रै समस्या समाधान हुँदैन । महानगरपालिकामा बाटो बढाइसकिएकोले अब बढाउनुपर्ने म देख्दिन । अहिले मेलम्चीको पाइपले धुलो निकालेको छ । यो सबैतिर बिछ्याइएपछि हाम्रो पहिलो प्राथमिकता सडक पीच गर्नेमै हुनेछ । यहाँका बासीले अरु धेरै खोजेका पनि छैनन् । सुख शान्तिसँग बस्न पाउनुपर्‍यो , वाताबरण स्वस्च हुनुपर्‍यो । अनि पानी बत्ति, ढललगायतका सुविधा दिइयो भने यहाँ काम गर्न गाह्रो हुनेछैन भन्ने मैले महशुस गरेको छु । हामी आफ्नो पहिलो मिटिङमै यही विषयमा छलफल गर्नेछौं ।


हराभरा काठमाडौं र सास फेर्नयोग्य हावा बनाउन के गर्नुहुन्छ त ?
रुख त रोप्नै पर्‍यो नि । टाढा पुग्नै पर्दैन नि । म भारतको नयाँ दिल्लीसम्म पुग्दा पनि त्यहाँको हरियालीले धेरै प्रभावित भएको थिएँ । नेपाल बनाउन टाढाको उदाहरण लिनै पर्दैन , दिल्ली देखे पुग्छ । यो हाम्रो सानो देशलाई हराभरा बनाउन गाह्रो छैन । ५२ रोपनीको तीनकुनेलगायत अन्य प्रति जग्गामा पार्क बनाउने योजना छ ।

काठमाडौंका युवालाई यही शहरमा टिकाउन केही योजना छ की ?
पढाईका क्रममा विदेशीएका काठमाडौंका प्राय युवा जनशक्ति उतै पलायन भएको अवस्था छ । उनीहरुलाई यहाँ फर्काउन रोजगारीका विभिन्न अवसर सिर्जना गरिनेछ । उदाहरणका लागि खानाका पारखीहरु बढेको अहिलेको अवस्थामा सरकारले निर्माण गर्ने पार्कमा पनि केही क्यान्टिन बनाएर युवालाई रोजगारी दिन सकिन्छ । त्यस्तै सूचना प्रविधी, उद्योगलगायतका क्षेत्रमा पनि युवालाई विशेष सुविधा दिएर यही देशमा टिकाउने प्रयास गरिनेछ ।


काठमाडौंमा पानीको सकस कहिले टुंगेला ?
पानीको अभाव काठमाडौंको मात्रै नभई राष्ट्रिय स्तरकै समस्या हो । तर मेलम्ची आइसकेपछि काठमाडौंमा पानीको दुख हुँदैन भन्नेमा म ढुक्क छु । यदि भएनछ भनेपनि काठमाडौं भित्रका झरनाहरुलाई ब्यवस्थित बनाएर काठमाडौंमा बाढ्न सक्यो भने मेलम्ची आवश्यक पर्दैन भन्ने मलाई लागेको छ ।

महिलालाई कसरी आर्थिक रुपमा शशक्त बनाउन सकिएला त ?
हामी देशविदेशका बिस्कुट र चलकेट किनेर खान्छौं । त्यही चिजलाई हामीले यहीँ उत्पादन गरेर बजार ब्यवस्थापन गरिदियौं भने महिलाले रोजगारी पाउँछन् र आर्थिक रुपमा शशक्त पनि । अरु कुरा के गर्नु एउटा सिलाई मेसिन मात्रै चलाउन जान्यो भने पनि महिलाले दिनको हजार बाह्र सय कमाएर दश जनाको परिवारलाई पाल्न सक्छन् । उद्यमी बन्न चाहने महिलालाई सौलियत दरमा ऋण उपलब्ध गराउने ब्यवस्था मिलाएर पनि उनीहरुको आर्थिक शशक्तिकरणमा जोड दिइनेछ ।मेयर नेकपा एमालेबाट हुनुहुन्छ भने वडाका प्रतिनिधी अन्य विभिन्न पार्टिका , मिलेर काम गर्न गाह्रो नहोला ? पार्टि जुनसुकै भए पनि सबैको एउटै विन्दु विकास हो । त्यसैले काम गर्ने क्रममा कुनै पनि बाधा अड्चन आउला जस्तो मलाई लाग्दैन । हाम्रो महानगर विकासका लागि हामी सबै एक जुट भएर अगाडि बढ्नेछौं ।

काम गर्दै जाँदा पार्टिका कुरा मान्नुहुन्छ की देश र जनताको हितलाई हेर्नुहुन्छ ?
संसद र महानगरपालिकाको काम गर्ने शैली धेरै भिन्न छ । यहाँ प्रमुख ज्यूले आफ्नो अधिकारबमोजिम काम गर्नुहुन्छ भने मैले आफ्नै । २० बर्ष पहिलेजस्तो कुनै पनि काम गर्न प्रमुखको मुख ताकेर बस्नुपर्ने अवस्था अहिले छैन । अहिले प्रमुख र उपप्रमुखको कार्यक्षेत्र नै छुट्याइएकोले काम गर्न कुनै अप्ठेरो नपर्ला । देश र जनताको सेवा गर्छु भनेर नै पार्टिमा लागेको हुँ । त्यसैले देश र जनताका हितमा नुहने कुरामा कुनै पनि सम्झौता गर्दिन ।


जितेर आउने वडाका महिला प्रतिनिधीको क्षमता विकास गर्न के गर्नुहुन्छ ?

क्षमता अभिवृद्धिको तालिम त म आफैले पनि लिनुपर्ने हुन्छ । कानुन र अधिकारको कुरा धेरैलाई थाह छैन । सबैजना राजनीति गरेर आएका पनि होइनन् । त्यसैले प्रशिक्षण दिएर मात्रै वडा वडामा पठाउनुपर्छ । नगरप्रमुख न्यायिक समितको प्रमुख पनि हुने ब्यवस्था छ , के अबका दिनमा काठमाडौंबासी महिलाले आफूलाई कत्तिको सुरक्षित महसुस गर्न पाउँछन् त ? मेरो तर्फबाट सतप्रतिसत सुरक्षा र अन्यायमा परेकालाई ध्यान दिलाउनेमा ढुक्क हुन अनुरोध गर्छु । तर अधिकार पायो भन्दैमा त्यसको दुरुपयोग गर्नु भने हुँदैन । हामीले त्यसलाई दुईतर्फी ढंगले हेर्नुपर्छ । पुरुषलाई पनि महिलाबाट हिंसा भइरहेकोले त्यो पनि हामीले बुझ्नुपर्छ । महिलाका नाममा छुट्याइने बजेट उनीहरुले उपभोग गर्न पाएका छैनन् भन्ने गुनासो छ, अबका दिनमा के होला ? महिलाका नाममा छुट्टै योजनाअनुरुपकै बजेट राखिने हुनाले त्यसको संचालन पनि पारदर्शी ढंगमै हुन्छ भन्ने मलाइ विश्वास छ ।


शहरभित्र मौलाएको भ्रष्टाचार निवारण गर्न के गर्नुहुन्छ ?
नगरको विकासको लागि काठमाडौंलाई भ्रष्टाचारमुक्त नबनाई हुँदैन । कसैले आफ्नो स्वार्थको लागि भ्रष्टाचार गराउँछ भने लिने र दिने दुवै भ्रष्टाचारी हुन् भन्ने मेरो बुझाई छ । शहर भित्रका यातायातलाई कसरी ब्यवस्थित बनाउनुहुन्छ ? माइक्रो र अन्य साना गाडीलाई हटाएर ठूला बस संचालन गर्नेछौं । जहाँ पायो त्यही बस रोक्न नपाइने ब्यवस्थाले पनि सडकमा रहेका यातायातलाई ब्यवस्थित गराई यात्रुलाई सुविधा दिन सकिन्छ ।


शहरमा पाँच वर्ष भित्र रेल गुडाउने प्रशंगमा तपाईको विचार के छ ?
यो सम्भव कुरा हो । गरेरै छाड्ने हाम्रो प्रतिवद्धता पनि छ । काठमाडौंको मुनिमुनि रेल बनाउन सकिने भएर नै हाम्रो मेयर सापले कुरा गर्नुभएको हो रहेछ । त्यसमा हाम्रो पूर्ण साथ उहाँलाई रहनेछ । पाँच वर्ष भित्र काठमाडौं शहरलाई लैंगिक समतामुलक शहरको रुपमा देख्न पाइएला त ? अब संविधानले नै स्थानिय निकायमा महिलाको ४० प्रतिसत सहभागिता सुनिश्चित गरिसकेको छ । अब हाम्रो लडाई ५० प्रतिसतका लागि हुनेछ । अझ यस भित्र पनि मेयर यति नै प्रतिसत भनेर छुट्याउन सके आगामी दिनमा महिला मेयरको संख्या पनि बढाउन सकिनेछ । कानुनले नतोकी हुनेवाला केही छैन । त्यसैले अवका पाँच वर्ष भित्र सक्षम वडाअध्यक्ष यति प्रतिसत भनेर कानुनी तबरमै छुट्याउनु पर्छ भन्ने मलाई लाग्छ । अबका पाँच वर्षमा हामीले काठमाडौंलाई संसारका कुनै पनि विकसित शहरसँग दाँज्न पाउनेछौं त ? नसक्ने भन्ने कुरै छैन । तर देश विदेशको कुरा धेरै गर्नुभन्दा पनि हामी आफूमा सचेत हुनुपर्‍यो र काठमाडौंलाई विकसित महानगरपालिका बनाउन काठमाडौंबासीले नै सहयोग गर्नुपर्‍यो । सबैको सहयोग पाए, यो काठमाडौंलाई केही नभए पनि एउटा सानो यूरोप बनाउन सक्ने क्षमता हामीसँग छ भन्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.