उत्तर कोरियाले फेरी गर्‍यो क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले फेरी  गर्‍यो  क्षेप्यास्त्र परीक्षण

सोल: उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन्।

स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्रकृतिको भएको अनुमान गरिएको छ।

उक्त क्षेप्यास्त्र आकाशमाथि अधिकतम एकसय बीस किलो मिटरको उचाईसम्म पुगी पूर्व दिशातर्फ चारसय पचास किलोमिटर जति उडेर जापानी समुद्र (सि अफ जापान) मा खसेको थियो। झट्ट हेर्दा पहिले पहिले परीक्षण गरिएका सामान्य मिसाइल हो कि भन्ने अनुमान गरिए ता पनि यस क्षेप्यास्त्रले आकाशमाथि उड्दा लिएको ठाडो कोणीय उचाई, तीब्र गति र अन्य प्राबिधिक पक्षपट्टि बिचार गर्दा उत्तर कोरियाले बहू-प्रतीक्षित, अति लामो दूरीसम्म मार हान्न सक्ने अन्तर-महाद्विपीय ब्यालेस्टिक क्षेप्याश्त्र ९आईसिबिएम० को परीक्षण तयारी गर्ने प्रकृतिको ९प्रोटो टाइप० जस्तो देखिन्थ्यो।

उत्तर कोरियाले यस बर्षको शुरुदेखि हालसम्म यो समेत मध्यम तथा छोटो दूरीका आणविक क्षेप्यास्त्र नौ पटक परीक्षण प्रक्षेपण गरेको पनि जनाइएको छ । साथै नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसै महिनाको शुरुवाततिर कार्यभार सम्हाल्नु भएपश्चात् उत्तर कोरियाले परीक्षण प्रहार गरेको यो तेश्रो पटक हो।

क्षेप्यास्त्र प्रक्षेपणपश्चात् दक्षिण कोरिया पट्टि सदा झैं अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैनिक बलले उच्च सतर्कता अपनाएका थिए । साथै राष्ट्रपति मूनले तत्कालै राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक बस्ने आदेश दिनु भएको र बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार परिचुङ्ग ओइ-योङ्ले गर्ने पनि जनाइएको छ ।

त्यस्तै, दक्षिण कोरियाली सैनिक प्रमुखद्वारा आज जारी गरिएको एक विज्ञप्तिमा उत्तर कोरियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा पारित सङ्कल्प प्रस्तावको अटेरी र अवहेलना गरेको बताइएको छ। बारम्बार बिभिन्न आणविक क्षेप्याश्त्र परीक्षण प्रहार गरी अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैन्यबल, जापान तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लगातार गम्भीर चुनौति दिईरहेको हुँदा यिनीहरुको आक्रोश र कडा कारबाही एक्लिई सकेको उत्तर कोरियाले कुन दिन सामना गर्नु पर्ने हो सो अज्ञात रहेता पनि अवश्यम्भावी छ भन्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

यता, उत्तर कोरियाले भने क्षेप्याश्त्र परीक्षण प्रहार वा तत्सम्बन्धि अन्य कुनै पनि बिषयमा मुख खोलेको छैन । रासस ÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.