उत्तर कोरियाको विरोध गर्ने अमेरिका आफैंले गर्‍यो मिसाइल परीक्षण

उत्तर कोरियाको विरोध गर्ने अमेरिका आफैंले गर्‍यो मिसाइल परीक्षण

एजेन्सी : उत्तर कोरियालाको मिसाइल परीक्षणको कडा विरोध गरिरहेको अमेरिकाले आफैं एक परमाणु मिसाइलको परीक्षण गरेको छ । अमेरिकाले इन्टर सेप्टर मिसाइल सिस्टम नाम दिइएको एक अन्तर महादेशीय व्यालेष्टिक मिसाइलको परीक्षण गरेको हो । अमेरिकाले उत्तर कोरियाको आक्रमणबाट आफ्नो रक्षा गर्नका लागि मिसाइल परीक्षण गरेको दावी गरेको छ ।


अमेरिकाले दिएको अनेकौं चेतावनीलाई वेवास्ता गर्दै उत्तर कोरियाले लगातार शक्तिशाली मिसाइल परीक्षण गरिरहेको छ । उत्तर कोरियाको उक्त गतिविधिप्रति अमेरिका आक्रमक रुपमा प्रस्तुत भइरहेको छ ।

अमेरिकी रक्षा विभागका अधिकारीले दिएको जानकारी अनुसार अमेरिकी मिसाइल डिफेन्स एजेन्सीले यो मिसाइल क्यालिफोर्नियाको भेडनवर्ग एयर वेसबाट प्रक्षेपण गरी प्रशान्त महासागरमा खसालिएको थियो ।

अमेरिकी डिफेन्स एजेन्सीले यस मिसाइलले धेरै छिटो लक्ष भेद गर्न सफल भएको जानकारी दिएको छ । अमेरिकी डिफेन्स एजेन्सीका डाइरेक्टर 'भाइस एडमिरल जीम स्रीङ'ले इन्टरसेप्टरले व्यालेष्टिक मिसाइललाई सहजै सही लक्षमा गिराएको बताउनुभयो । उहाँले अमेरिकी सुरक्षाका लागि यो अत्यावश्यक रहेको दावी गर्नुभयो । इन्टर सेप्टर सिस्टमको सफल प्रयोगले जुनसुकै खतराबाट देशको रक्षा गर्न अमेरिका सक्षम रहेका पुष्टि भएको स्रीङले बताउनुभयो ।

अमेरिकाले सन २००४ मा तयार पारेको यो सिस्टमको हालसम्म ९ पटक परीक्षण गरिसकेको छ । जसमध्ये चार पटक मात्रै परीक्षण सफल भएको छ । अमेरिकाको यो इन्टर सेप्टर मिसाइल पहिलेदेखिनै विवादित हुँदै आएको छ । थुप्रै देशले यसको विरोध गर्दै आएका छन्।

उत्तर कोरियाले परमाणु हमला गर्ने खतरा बढेका कारण अमेरिका यो सिस्टमलाई चुस्त बनाउँन लागिपरिरहेको बिशेषज्ञहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.