गर्मीमा फ्रिजको बजार बढ्दो

गर्मीमा फ्रिजको बजार बढ्दो

जुन रूपले पछिल्लो समय प्रविधिको विकासमा तीव्रता आएको छ, सोहीअनुरूप आममानिसको जीवनशैलीमा पनि आमूल परिवर्तन भएको छ। मानिसको आवश्यकता फेरिएका छन्। र, त्यी आवश्यकताअनुसार वस्तुको पहुँचमा पनि सहजता आएको छ।

सहज पहुँचले मानिसको दैनिकी सहज र सरल बन्दै गएको छ। त्यसमा पनि पछिल्लो समय बजारमा आएका विद्युतीय उपकरणले मानिसलाई नै भौतिक वस्तुतर्फ आकर्षण गरेको छ। त्यसैले त आज यो युग विद्युतीय सामग्रीको युगका रूपमा चिनिएको छ।

आममानिसका जीवनशैलीमै परिवर्तन ल्याउने माध्यम बनेको विद्युतीय उपकरणमध्ये पनि रेफ्रिजेरेटर (फ्रिज) आज हरेकको घरमा पुगेको छ। किचेनको आकर्षण बनेको छ र गृहिणीको साहारा। त्यसैले नेपालमा फ्रिजको बजार निरन्तर बढिरहेको छ। वार्षिक २० प्रतिशले फ्रिजको बजार बढिरहेको बताउनुहुन्छ स्मार्ट एप्लाएन्स प्रालिका उप-प्रबन्धक रोसिसकृष्ण श्रेष्ठ।

उहाँका अनुसार नेपालमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर दर्जनौं संख्यामा विभिन्न ब्रान्डका फ्रिज बजारमा छन्। बजारमा प्रतिस्पर्धा बढेको छ। ब्रान्डेड र नन्ब्रान्डेड उत्पादनबीच ठूलो प्रतिस्पर्धा छ। नेपालमा ब्रान्डेड उत्पादनको आफ्नो छुट्टै बजार छ भने नन्ब्रान्डेड उत्पादनको पनि आफ्नै किसिमको बजार छ।

सीमित समयको मात्र बजार भए पनि फ्रिजको आकर्षण बढ्दै गएको छ। नेपालमा फ्रिज बढीजसो विवाहमा दाइजो दिन खरिद हुने गरेको बताउनुहुन्छ श्रेष्ठ। उहाँका अनुसार साधारण फ्रिज विवाहका लागि किनिन्छ भने ब्रान्डेड र राम्रो प्रविधियुक्त फ्रिज व्यक्तिगत रूपमा खरिद हुन्छ।

पछिल्लो समय जुन रूपले फ्रिजको बजार बढेको छ, त्यहीअनुरूप फ्रिजमा पनि परिवर्तन आएको छ। नेपालको कुरा गर्ने हो भने आजभन्दा दुई वर्ष अघिसम्म साधारण फ्रिजको प्रयोग नगन्य मात्रामा हुने गर्थ्‍यो। साधारण फ्रिजबाट विस्तारै स्मार्ट इन्भर्टरसहितका फ्रिज बजारमा आएका छन्।

जुन समय साक्षेप र प्रविधिको हिसाबले पनि परिस्कृत छन्। एलजीको नेपालका लागि नेसनल सेल्स हेड पुरुषोत्तम भण्डारीका अनुसार साधारण फ्रिजको तुलनामा स्मार्ट इन्भर्टर फ्रिजले ३० प्रतिशत बिजुली बचत गर्नेछ।

यो नेपालका लागि सबैभन्दा उपयुक्त मानिन्छ। यसका साथै स्मार्ट इन्भर्टर फ्रिजमा राखिएका खाना साधारण फ्रिजमा भन्दा धेरै ताजा र लामो समयसम्म चिसो हुन्छ। यसरी फ्रिजमा आएको परिवर्तन यसको प्रयोगमा पनि आएको छ। कुनै समय साधारण चिसोका लागि मात्र सीमित फ्रिज आज ताजा खानका लागि प्रयोग हुन थालको छ।

फ्रिज पनि विभिन्न प्रकारका छन्, कुनै सिंगल डोर त कुनै डबल डोर। कुनै डोरमाथि पनि डोर (डोर इन डोर)। यसरी फ्रिजमा आएको परिवर्तनले फ्रिजको बजारमा सकारात्मक प्रभाव देखिएको छ। नेपालमा अहिले वार्षिक दुई लाख फ्रिज बिक्री हुने गरेको बताउनुहुन्छ भण्डारी। उहाँका अनुसार यस हिसाबले हेर्ने हो भने वार्षिक अर्बौं रूपैयाँको कारोबार हुने गरेको छ।

यो नेपालजस्तो सानो बजारका लागि ठूलो परिणाम हो। यो वार्षिक रूपमा बढ्दै गएको बताउनुहुन्छ, विदी कमर्सियल इक्युप्मेन्ट प्रालिका बजार निर्देशक दिनेश कार्की। उहाँका अनुसार फ्रिज मानिसको आवश्यकता बन्दै गएको छ। विदी कमर्सियल इक्युप्मेन्ट प्रालिले नेपालमा होसिजाकी, वेस्टर्न र क्यारियर ब्रान्डको फ्रिज तथा कुलर बिक्री गर्दै आएको छ।

फ्रिज मानिसको आवश्यकता बन्दै जाँदा फ्रिजमा प्रयोग हुने प्रविधिमा पनि ठूलो परिवर्तन आएको हो। फ्रिजमा भिटामिन फिल्टरको प्रयोग हुन थालेको छ। जसले एसीबाट निस्किएको हावामा भिटामिन सी को मात्रा प्रदान गर्छ। जसबाट एन्टी-क्यान्सर र एन्टी हार्मोन प्राप्त हुनेछ। यसका साथै कार्बोन फिल्टर पनि फ्रिजमा प्रयोगमा आएको छ। जसले प्रदूषित हावा वा गन्धलाई कम गर्न मद्दत गरी कोठा दुर्गन्धित हुनबाट बचाउँछ।

रेफ्रिजेनेरेटर पनि विभिन्न मोडलका साथ उपलब्ध छ। फ्रिज रेगुलर मोड, सेन्सेसनल मोड, भ्याकेसन मोड, एक्सट्रा सपिङ मोड, होम एलोनलगायत मोडका साथ बजारमा छन्। यसमा प्रयोग भएको मोडले बिजुलीको खपत कम गर्न मद्दत गर्छ। फ्रिजमा 'टुइन कुलिङ प्लस' प्रविधिको प्रयोगमा आएको छ। जसले रेफ्रिजेनेरेटरमा सामानलाई ताजा राख्न मद्दत गर्छ। रेफ्रिजेनेरेटरमा पावर फ्रिज र पावर कुल मोड बटम पनि रहेको छ।

यसले स्वस्फूर्त रूपमा तापक्रम सेट गरी सामान्य मोडको तुलनामा ३० प्रतिशत छिटो फ्रिजमा रहेको खण्डलाई चिसो पार्छ। फ्रिजमा एन्टिब्याक्टेरियल प्रोटेक्टर र डियोडोराइजिङ फिल्टरको प्रयोग हुन थालेको छ। जसले भित्र राखिएको सामानलाई सफा राख्छ। नेपालमा १३ हजारदेखि साढे चार लाख रुपैयाँसम्मका ९० लिटरदेखि साढे ६ सय लिटरसम्मका फ्रिज उपलब्ध छन्। जसको प्रयोग होटल, पसल, घरका साथै विभिन्न सेक्टरमा हुँदै आएको छ।

फ्रिजका साथै डिफ्रिजरले पनि बजारमा आफ्नो राम्रो उपस्थिति जनाएको छ। विशेष गरी आइसक्रिम तथा डेरी र होटलमा यसको प्रयोग भएको पाइन्छ। आइसक्रिमका लागि बढी प्रयोग हुने गरेको डिफ्रिजर नेपाली बजारमा सय लिटरदेखि ६ सय १० लिटरसम्म क्षमताका छन्। डिफ्रिजर २० हजारदेखि दुई लाख रुपैयाँभन्दा बढीका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.