प्रचण्ड प्रश्नले घेरिएर बालुवाटार भित्रिए,जवाफ दिएर बाहिरिए

प्रचण्ड प्रश्नले घेरिएर बालुवाटार भित्रिए,जवाफ दिएर बाहिरिए

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो सचिवालयमा काम गर्नेहरुलाई बिहिबार बधाइ दिएर विदाई गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीलाई पत्र पठाए लगत्तै प्रधानमन्त्री प्रचण्डले सिंहदरवार र बालुवाटारको सचिवालयमा रहेर आफूलाई सहयोग गर्नेहरुलाई बधाई दिएर विदाई गर्नु भएको हो ।


‘प्रधानमन्त्री पदमा निर्वाचित भएर बालुवाटार आउँदा मैले जति बधाई पाएको थिए,त्योभन्दा बढी बधाई अहिले बालुवाटार छोडदा पाइरहेको छु’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । आफूलाई सत्ता पक्षको एउटा हिस्सा,प्रमुख प्रतिपक्ष र राष्ट्रपति भण्डारीले पनि प्रधानमन्त्री पद नत्याग्न सुझाव दिएको पनि उहाँले जानकारी गराउनुभयो । 


‘सरकार गठन हुने वेलामा हामी माथि प्रश्न थिए । फाष्ट ट्रयाक के हुन्छ ? हुलार्की मार्ग के हुन्छ ? ओविओर के हुन्छ ? भन्ने प्रश्नको कामद्धारा जवाफ दिइएको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘स्थानीय तह कि स्थानीय निकाय भन्नेमा विवाद थियो । काँग्रेस र एमाले स्थानीय निकायको चुनाव गराउन चाहन्थे,हामीले स्थानीय तहको पहिलो चरणको निर्वाचन गरायौ ।’


सुशासन र विकासलाई गति दिएर मानक स्थापित गरिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘काँग्रेससँगको गठबन्धन राम्रो हुँदैन कि ? राष्ट्रियताको मामिलामा के हुन्छ ? भन्ने प्रश्न पार्टी भित्रैबाट उठेको थियो ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

१० महिना अघि एमालेसँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेससँग गठबन्धन बनाएर प्रधानमन्त्री हुनु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.