मतगणना सुचारु गर्न मसाल जुलुस
चितवन : भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउन अनेरास्ववियु र युवा संघले मसाल जुलुस निकालेका छन् । भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै मसाल जुलुस निकालिएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिनुभयो ।
प्रदर्शनी मार्गबाट सुरु भएको मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई प्रदर्शन गरेका थिए । उनीहरुले कागजको मतपत्र असुरक्षित रहेको भन्दै फलामे जस्तामा मतपत्र बनाएर सांकेतिक विरोध गरेका थिए ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा रहेका बेला जेठ १४ गते माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए ।