गिट्टी कुटेको ज्याला मागेको भन्दै महिलामाथि कुटपिट

गिट्टी कुटेको ज्याला मागेको भन्दै महिलामाथि कुटपिट

जाजरकोट : गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छ । जिल्लाको भेरी नगरपालिका–३ स्थित न्यू महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेकी हुन। गिट्टी कुटे वापतको आफ्नो लिनुपर्ने पाँच हजार रुपैयाँ मागेपछि अहिले छैन, पछि लैजानु भनेर शाहीले जवाफ दिएका थिए । घरमा खाने एक गेडा अन्न छैन, मलाई दुई सय जति भए पनि दिनु भनेर शाहीको अगाडि रोएकी बुढालाई मेरो पसलमा आएर रुने, अशुभ भयो, अव मेरो व्यापार हुँदैन भनि कपडा नाप्ने मिटरले टाउकोमा हिर्काएपछि उनी घाइते भई पसलभित्रै ढल्न पुगेकी थिइन् ।

बेहोस भई लडेकी बुढालाई स्थानीयले उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएका थिए । भात खाने चामल लिएर आउँछु भनेकी आमा घाइते भएर अस्पतालमा छन्, भनेको खबर सुन्दा उनका छोराछोरी रुदै अस्पताल पुगेका थिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह बमोजिम बुढालाई थप उपचारका लागि नेपालगन्ज ल्याएको उनका श्रीमान् शक्तिबहादुर बुढाले बताउनुभयो । बुढा दैनिक गिट्टी कुटेर छोराछोरी पाल्ने महिला हुन् । गिट्टी नकुटे उनको चुलो बल्दैन् । उनका श्रीमान् मनबहादुर काठको काम गर्छन् ।

श्रीमती कुटिएको दिन मनबहादुर त्रिवेणी नलगाड नपा– ३ स्थित टट्टा घरमा गएका थिए । आर्थिक अवस्था कमजोर रहेका बुढा दम्पती काम गरेर दैनिक परिवार पाल्दै आएका छन् । काम गरेको पैसा माग्दा उल्टै साहुबाट कुटिनुपर्ने अवस्था निन्दनीय भएको स्थानीयको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.