‘शेरबहादुरविरुद्ध वामदेवलाई उठाउँछौं’

‘शेरबहादुरविरुद्ध वामदेवलाई उठाउँछौं’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पार्नु भएको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनै पनि हालतमा समर्थन नगर्ने बताउनु भएको हो।

‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारामा देखिनु भएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजीनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं।’

कांग्रेस र माओवादीले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे एमालेले वामदेव गौतमलाई उठाउने तयारी गरेको समेत नेता पोखरेलले जानकारी दिनुभयो।

नेता पोखरेलले भन्नुभयो, ‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौं।’ कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे एमालेले उपाध्यक्ष वामदेव गौतमलाई उठाउने प्रष्ट पार्नुभयो। ‘हाम्रो तर्फबाट वामदेवजीको बलियो संभावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं,’ नेता पोखरेलले भन्नुभयो।

पोखरेलले जनता निर्वाचनको पक्षमा रहेकोले दोस्रो चरणको निर्वाचन पनि समयमै हुनुपर्ने बताउनुभयो। ‘नेपाली जनता चुनावको लागि तयार छन्, आँतुर हुनुहुन्छ, तर दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारिएकोले केही संशय समेत छाएको छ।’

पोखरेलले निर्वाचनमा भाग नलिने दलहरु जनतामा अधिकार पुर्याउने माध्यमबाट र जनतामा जाने अवसरबाट बञ्चित हुनेतर्फ समेत सचेत गराउनु भएको छ।

उनले राजपा नेपाल पनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘राजपा नेपाल पनि निर्वाचनमा सहभागी हुन्छ भन्नेमा म विश्वस्त छु, उहाँहरु आउनुहुुन्छ।

उनले प्रधानमन्त्री प्रचण्डको राजिनामा अनुचित समयमा आएको भन्दै यो गलत भएको आरोप लगाए। उनले भने,‘राजिनामाको समय छनौट नै गलत भयो, यो अनुचित थियो, यो कुरा दुनियाँलाई नै थाहा भैसक्यो नि।’

उनले प्रचण्डलाई पदबाट राजीनामा गराउन दिन प्रतिदिन बाध्य पार्ने काम भएको समेत आरोप लगाए। उनले भने, ‘अघिल्लो दिन राजीनामा दिने र भोलिपल्ट नीति तथा कार्यक्रम आउनु गलत भयो नि, तीन दिन पर्खिएको भए राम्रो हुन्थ्यो,’ पोखरेलले प्रधानमन्त्री दाहालको राजीनामा सत्ताको सौदावाजीको उपज भएको समेत आरोप लगाउनु भएको छ।

‘नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया रोक्न मिलदैन्,’ नेता पोखरेलले भन्नुभयो। उनले भने,‘देउवाजीले प्रस्ताव राख्नपनि सक्नुभएन्, किनकी उहाँलाई सत्ताको लागि हतारो छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.