साहारा मरुभूमीमा तिर्खाले ४४ जनाको मृत्यु, पाँच महिला मात्रै बाँचे
एजेन्सी: साहारा मरुभूमीमा पानी खान नपाएर ४४ जनाको मृत्यु भएको छ। रेडक्रसले बीबीसीलाई दिएको जानकारी अनुसार गाडीमा यात्रा गर्न गएकाहरुको मृत्यु भएको हो। रेडक्रसका लावल ताहेर बीबीसँग भनेका छन्, 'गाडी साहारा मरुभूमीमा दौडिरहेको बेला अचानक बिग्रियो र ४४ जना तिर्खाका कारण मृत्यु भयो।त्यसमध्ये पाँच जनाले नजिकैको गाउँमा पुगेर आफ्नो ज्यान जोगाएका थिए। बाँच्नेमा सबै महिलाहरु छन्।'
बीबीसीका अनुसार ज्यान गुमाउनेमा बालबालिका पनि छन्। यस्तै नाइजेरियका अनलाइन साहेलीनका अनुसार ती मानिसहरु घाना र नाइजेरियाबाट लिबिया जाँदै थिए। यस्तै ताहेरका अनुसार अहिलेसम्म शवको पहिचान गर्न सकिएको छैन ।