राजधानीमै लुटियो ३२ लाख
काठमाडौं : महाराजगञ्जको एनएमबी बैंकबाट निकालेको ३२ लाख रुपैयाँ म्हैपीमा लुटिएको छ। बैंकबाट पैसा झिकेर घर फर्किदै गर्दा बाइकमा आएका दुई युवाले पैसा लुटेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।
राठौरका अनुसार पैसा लुटेर फरार युवाको खोजी भइराखेको छ जानकारी दिनुभयो । नरेन्द्रकुमार विश्वकर्म र रोशन बोगटीको रकम लुटिएको हो ।