एकीकृत कृषि विकासका अवधारणा

एकीकृत कृषि विकासका अवधारणा

जीवनको यौवनकालका प्रायः सम्पूर्ण अवधि मातृभूमि नेपालका हिमाल-पहाड-दून र खोँचमा बास बस्दै देश डुलेको लाभप्रद अध्ययन भ्रमणका झझल्को नितान्त सारगर्भित लागिरहेछ अझै । ती अवलोकन अध्ययनका क्षणहरू किताबका सिलसिलाबद्ध पाना परिच्छेद र अध्यायहरूभन्दा सरल, स्पष्ट र समझदारीको मेलोमेसो बन्यो । गाउँ, पहाड, खोँच र शिखरवर्ती हिमप्रदेशहरू डुल्नु सजिलो र सहज थिएन ४०-५० वर्ष पहिलेका स्वदेश दर्शन-भ्रमण ।

tejeshor-gwangकठिनलाई सरल, स्पष्ट र समझदारीको मेलोमेसो भनेँ अन्तर्बोधको चेत कुम्ल्याएर । कठिनलाई सरल बनाउने बुद्धि, उपाय साधना हुन् । अन्तरमनका तत्परता, अठोट जे भनौं ! अन्तरमनका अठोट जति अज श्र÷निरन्तर चल्दो बेगर अरू हुँदो रहेनछ । त्यसैलाई पोसिलो सामल तुल्याई साह्रोगाह्रोलाई सरल, सहज पारेथेँ ! भक्तपुर, कान्तिपुर, ललितपुर, कीर्तिपुर त काठमाडौं दुन÷खाल्डो नै हुन् । यी चारै पुरका माटो एकसमान छैनन्।

फरकफरक ती पाटाका प्रकरणहरूमा सर्वोत्कृष्ट भक्तपुरे माटो लाग्छ । सांस्कृतिक भक्तपुर नगरपालिका चौ दिशाकै माटाका फाँटहरू मलिला उब्जाउ भूमि हुन् । न गिर्खा, न बालुवाका कण मिसिएका छन् तिनमा । त्यसको तुलनामा काठमाडौं, ललितपुर र कीर्तिपुरे माटो छैन । मनहरा खोला वरपरका फाँटका माटो किञ्चित मात्रा बलौटे छन् । त्यसैले त्यहाँका किसान बन्धुहरूले त्यस फाँटलाई बाह्रै मास हरियो सागसब्जी उमार्ने बालीनालीका निशान बनाइराखेका छन् । ती फाँटहरू प्रकृतिप्रदत्त एकीकृत कृषि विकासको थलो बनेको छ । त्यसैप्रकारले नेपालका विभिन्न नदी तीरहरूका फाँटहरू बने, रहेका छन् । अध्ययन अवलोकन भ्रमणका क्रममा ती तथ्यहरूसित साक्षात्कार हुन पाएको आफ्नै अनुभूतिका अभिव्यक्ति हुन् ।

एकीकृत कृषि विकासका अवधारणाको पहिलो आधारभूत चरण खेतीयोग्य अब्बल, दोयम, जग्गाहरूको एकीकरणबाट थालनी हुन्छ । एकै कोटीका जमिनहरू पनि हाम्रामा असंख्य ससाना टुक्राटुक्रीमा विभाजित रहेका छन् । नितान्त ससाना टुक्रामा विभाजित खेतीयोग्य जमिन एकीकृत कृषि विकास अभियानका निमित्त सुहाउँदो स्थिति मानिँदैन । यसरी खण्डखण्डमा विखण्डित जमिनका प्रत्यक्ष किसान÷आफ्नै शारीरिक बलमा खेती गर्ने किसान बन्धुहरूले पनि चाहेजस्तो कृषि औजार प्रयोग गर्न सकिरहेका छैनन् । वर्तमान युगबोधले हाम्रो यथास्थितिवादी कृषि व्यवस्था अनुकूल ठान्दैन, मान्दैन।

वर्तमानले परम्परावादलाई नकार्छ । नकार्दानकार्दै पनि समस्याको जरो फेला पार्न नसकेझैं विलखबन्दमा परेको छ । समस्याको चुरो खण्डखण्डमा विखण्डनकारी भूसामाजिक यथास्थिति बनेको छ । भूसामाजिक यथास्थितिले नेपाली गार्हस्थ्य परिवेशमा कायम रहेको पैतृक सम्पत्ति दाजुभाइबीच अंश भागबन्डामा बाँडचुँड हुने, गर्ने संस्कार कायम रहनु हो । यो पैतृक सम्पत्ति अंशबन्डा÷भागबन्डाको परम्परागत संस्कारले जन्माएको संस्कारगत पद्धति मुलुकको कृषि विकासका अवधारणाका लागि अनुकूल नभई अननुकूल छ ।

एकीकृत कृषि विकासको अवधारणा सार्थक तवरले व्यावहरिक रूपमा क्रियान्वित गर्न अनिवार्य पूर्वाधार तयार नभई, नगरी सम्भव छैन । राष्ट्रको नीति निर्धारक र कार्यान्वयन गराउने, गर्ने अंगहरू एकसाथ एकजुट भई व्यावहारिक रूपमा लागू गरी विवेकपूर्वक कार्य क्षेत्रमा उतार्ने प्रयासको खडेरी हुनु छैन । यस्ता कार्ययोजना तयार गर्न राष्ट्रिय योजना आयोगजस्ता वर्चश्ववान् चिन्तन केन्द्र÷एक महङवपूर्ण थिंकट्यांक बनेको निकायको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

यसको महत्वपूर्ण भूमिका अझ बढी स्पष्ट हुन आउँछ यस निमित्त कि मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै यसको शक्तिशाली अध्यक्ष हुने संस्कारगत र परम्परागत संस्कृति रही नै आएको छ । यो संस्कारित परम्पराले मुलुकका सबै प्रकरण र फाँटका अंगहरूबीच व्यवस्थापकीय, कार्यपालिकीय र योजना नीति निर्धारक अंगहरूबीच सुललित समझदारी, सम्बन्ध र वैचारिक एकरूपता कायम रहोस् भन्ने हेतुलाई प्रतिनिधित्व गर्छ । यस अर्थमा राष्ट्रिय योजना आयोग पनि एकीकृत कृषि विकासको अवधारणा स्पष्ट र स्वस्थ तवरमा तयार पारी जनमनमा सरोकार बन्दो चेष्टा उभार्नु, उपयुक्त हुन आउँछ ।

एकीकृत कृषि विकास परियोजनाको अवधारणाले कृषिजन्य अनेक कार्यहरू सँगाल्छ । कृषिजन्य अनेक कर्म, धर्म र क्रियाकलापहरूलाई एकआपसका समझदारी परस्परमा भिजाएर सहअस्तित्व कायम गर्ने गराउने सचेतना जगाउने कार्य-दायित्व पनि पर्न आउँछ । वैचारिक धारणाहरू आपसका सम्पत्ति बनेपछि कृषिकार्यमा एकीकृत पहुँच र प्रयास पुर्‍याउन सहज, सुगम बन्ने हुन्छ । एकीकृत परम्परादेखि चलेको खेत जोत्ने, पानी लगाउने-ढल, कुलो प्रणाली÷सिँचाइ प्रबन्ध गर्ने, असल मल, बीउ जोहो गर्ने, गोडमेल गर्ने, घाँसपात उखेल्नेजस्ता प्राथमिक कार्य सर्वसाधारणले जानेबुझेका छन् ।

कृषि क्षेत्रको माटोको गुणस्तर परीक्षण गर्ने, गराउने, बालीनालीमा लाग्ने अनि रोकथाम गर्ने उपायका जानकारी राख्ने आदि सामान्य विषय बनिसकेका छन् । वैज्ञानिक औजार र उपकरणहरू कृषि विकास निमित्त प्रयुक्त गर्ने प्रविधिपूर्ण कार्य पनि एकीकृत कृषि विकास अवधारणामा बन्छ । कृषि विकासमा एकीकृत पहुँच पुर्‍याउने मल बीउ, रोगनाशक वनस्पतीय÷प्राकृत औषधि उपचार आदि पनि समाहित छन् । कृषक बन्धुहरूले उब्जाएका मौसमी बालीहरू उचित मूल्यमा सहज तवरले बिक्रीवितरण गर्न सहुलियत पुर्‍याउने निकायहरू खडा गर्ने, मूल्य निर्धारण गर्ने गराउने प्रबन्धकारी कार्य पनि पर्छन् । कृषक समाजले उत्पादन गरेका उब्जनी-बालीनालीहरू सहज रूपले ओसारपसार गर्न कृषिमार्ग व्यवस्था पनि समाहित हुन्छन् । घामपानी, हुरी, चट्याङजस्ता दैवी प्रहार र प्रकोपबाट जोगिन कृषक सुरक्षण छहारी निर्माणकारी प्रबन्ध पनि एकीकृत कृषि विकास परियोजना दायराभित्रका सरोकार हुन् ।

एकीकृत कृषि विकास परियोजना अवधारणामा मात्र सीमित रहन सक्छ । यसका लागि अपरिहार्य आधार बनेको भूमि टुक्र्याउने संस्कारलाई अन्त गर्न सकिएन भने । भूएकीकरण÷चक्लाबन्दी कार्य समाजवादी सिद्धान्तपरक सोच रहेको छ । पैतृक सम्पत्ति रहे, बनेका भूमि अंशबन्डामा टुक्रिँदै रहने परम्परागत रिवाजलाई अन्त्य गर्न नसके एकीकृत कृषि विकासको अवधारणा कल्पना गर्न सकिन्न । यसका लागि छिटै राज्यस्तरबाटै पैतृक भूमि अंश भागमा टुक्र्याउन नपाइने कानुनी प्रावधान व्यवस्थापिका अंगबाट विधेयक पारित गराइनु वाञ्छनीयमात्र होइन; अपरिहार्य नै हुनेछ । तर पनि विधेयक तयार गर्ने कार्य भने कार्यपालिकाकै थाप्लोको नाम्लो रहन्छ । यसो हुन, गर्न सकिएको अवस्थामा चर्को स्वरमा समाजवादी घोषित दलहरू स्वतः समाजवादी व्यवस्थाका पहलकर्मी साबितिनेछन् ।

कृषि उत्पादन वृद्धि गर्न नगरी नहुने भूचक्लाबन्दीको साटो भूमाफियाहरूले अचेल बस्ती विकासका लागि चक्लाबन्दी देशभर द्रुततर गतिमा बढाइरहेका छन् । बस्ती विकासले उत्पादनयोग्य जमिनमाथि सिमेन्टका महल बन्न त सक्छन् तर जीवन बाँच्न नभइ नहुने अन्न र अन्य बाली विकासले घर सुविधा सुन्दर देखिनेछ । विलासिताका साधन निमित्त परनिर्भरता वृद्धि गर्नेछ । आफ्नै आत्मनिर्भरताका आधारभूत वस्तुभाउ उत्पादनमा दिनानुदिन खडेरी परी परनिर्भरता बढ्ने अवश्यम्भावी छ । भनाइ र गराइका फालसना÷दूरी बढ्न थालेर आफ्नै सार्वभौम अस्तित्व संकटमा पर्नबाट जोगाउनु सबै सरोकारीका साझा मर्म बन्छ, बन्नुपर्छ ।

वर्तमान युग विज्ञान-प्रविधिको रहेको छ । वैज्ञानिक प्रविधियुक्त कृषि औजारका उपयोगले उत्पादन बढाउन शक्ति न्यून हुनेछ । कृषक श्रमशक्ति अन्य औद्योगिक क्षेत्रमा प्रवेश र प्रयोग गर्न, गराउने क्षितिज उघ्रनेछ । कृषि भूमि एकीकरण÷चक्लाबन्दी पार्न सक्दा भूमिलाई गहिरो पारी खन्न जोत्न सकिन्छ । गहिरो खनजोत गरियो भने भूमिमाथि लगाइएका सबै प्रकारका अन्नबालीका बोटबिरुवाले गहिरिएर जरा फैलाउनसक्ने पर्यावरण पाउनेछन् । जति जरामुनिको फैलावट उति नै बोटबिरुवा मजबुत, स्वस्थ र हृष्ठपुष्ट बन्छन् । अनि तिनै बोटविरुवा प्रचुर अन्न, फलफूलहरू फलाउने बन्नेछन् । जति हृष्ठपुष्ट वातावरण उति नै दानादार अन्नबाली बन्छन् । यसैले हाम्रा लागि वर्तमान सरोकार र चाहनाका चासो-एकीकृत कृषि विकासका अवधारणा जगाउनुको चासो...! परन्तु, एकीकृत विकास अवधारणाका विविध आयामिक पाटाहरू पस्काउन अर्को प्रयास जारी राख्नैपर्नेछ !

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.