प्रधानमन्त्री निर्वाचनका लागि एमालेले उम्मेदवारी नदिने

प्रधानमन्त्री निर्वाचनका लागि एमालेले उम्मेदवारी नदिने

काठमाडौं :  प्रधानमन्त्री निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी नदिने भएको छ । नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस र माओवादी गठबन्धनबाट शेरबहादुर देउवाको उम्मेदवारी बलियो हुने भएकाले एमाले प्रधानमन्त्रीका लागि उम्मेदवारी नै नदिने सोचमा पुगेको हो।

प्रधानमन्त्री निर्वाचनका लागि आज ११ बजे हुने मनोनयनमा कसैको पनि उम्मेदवारी नपर्ने नेकपा एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताउनुभयो । यद्यपि, पार्टीको अनौपचारिक छलफल चलिरहेको र ४ बजेसम्मको मनोनयनको समय भएकाले पार्टीले आकस्मिक निर्णय पनि गर्न सक्ने उहाँको भनाई थियो।

पार्टीले निर्णय गरे बामदेव गौतमले उम्मेदवारी दिने चर्चा चलेपनि कांग्रेस-माओवादी गठबन्धन बलियो भएकाले उम्मेदवारीका लागि मात्र उम्मेदवार नदिने एमालेका नेताहरुले अडान लिएका छन् । प्रचार विभाग सचिव रिजालले सभामुखले संसदीय प्रक्रिया मिचेको भन्दै प्रक्रियामै असहमति रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका विषयमा निर्णय गर्न एमालेले शनिबार दिउँसो १ बजेको लागि स्थायी कमिटी बैठक बोलाएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार बनाउने या नबनाउने विषयमा निर्णय हुने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.