किफ उद्घाटनमा छक्कापन्जा

किफ उद्घाटनमा छक्कापन्जा

काठमाडौं :  नेपाल फिल्म सोसाइटीको आयोजनामा शुक्रबारदेखि राजधानीमा चौथो ‘काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल २०१७' (किफ) सुरु भएको छ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले विशेष समारोहकाबीच उद्घाटन गर्नुभएको हो । चार दिनसम्म चल्ने महोत्सवमा नेपाल, स्लोभाकिया, रुस, फ्रान्स, इजरायल, स्विट्जरल्यान्ड, चीन, अमेरिका, डेनमार्क र स्पेन गरी १० मुलुकका ११ चलचित्र प्रदर्शन हुँदैछ ।

नेपाल पर्यटन बोर्ड र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा आयोजित महोत्सवमा सहभागी विभिन्न मुलुकसँग नेपालको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आयोजकको छ । ‘चलचित्रले समाज र समाजका सामान्य व्यक्तिको कथा भन्छ । यसले एकअर्काका बारेमा बुझ्न सहयोग पुर्‍याउँछ', सोसाइटीका अध्यक्ष कृष्ण मल्लले भन्नुभयो, ‘महोत्सवमा विश्वका चलचित्र हेर्ने, नेपाली चलचित्र उहाँहरूलाई देखाउने एउटा माध्यमका रूपमा लिएका छौं।'

मल्लका अनुसार महोत्सवको यस संस्करणमा हास्यविधामा आधारित चलचित्रमात्र सहभागी गराइएको छ । सहभागी सबै चलचित्र सम्बन्धित मुलुकको नेपालस्थित दूतावासमार्फत सहभागी गराइँदै आएको छ । ‘सम्भवतः एकदुई वर्षपछिबाट खुला रूपमा चलचित्र आह्वान गरी विधागत रूपमा प्रतिस्पर्धा गराउने, अवार्ड दिने योजनामा छौं', मल्लले भने । महोत्सवको पहिलो दिन दीपा श्री निरौला निर्देशित नेपाली चलचित्र ‘छक्कापन्जा' प्रदर्शन गरियो ।

महोत्सवमा मार्टिन थपक निर्देशित स्लोभाकियाली चलचित्र ‘पाचो', भिक्टर टिटोभ निर्देशित रसियाली चलचित्र ‘हेलो, आई एम युअर आन्ट', ड्यानी बुन निर्देशित फ्रान्सेली चलचित्र ‘सुपर हाइपोचोन्डर', से कानट निर्देशित इजरायली चलचित्र ‘कोलम्बियन लभ', पिरे मोनार्ड निर्देशित स्विस चलचित्र ‘रिसाइक्लिङ लिली', छु झेङ निर्देशित चिनियाँ चलचित्र ‘लस्ट इन थाइल्यान्ड', सारा हर्स बोर्डो निर्देशित अमेरिकी चलचित्र ‘अ ब्रेभ हर्ट', मे इल तोके निर्देशित डेनमार्क चलचित्र ‘लङ स्टोरी सर्ट', सार्जन श्रेष्ठ निर्देशित नेपाली चलचित्र पुनर्जन्म र एक स्पेनिस चलचित्रसमेत प्रदर्शन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.