चितवनमा पञ्चायत

चितवनमा पञ्चायत

चितवन : पञ्चायतकालको सामाजिक विषयवस्तुमा निर्माण गरिएको चलचित्र 'पञ्चायत' को चितवनमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा सरोज खनाल, शोभित बस्नेत, विमल पौडेल, लय संग्रौला, निशा अधिकारी, गजित बस्नेतलगायत सहभागी हुनुहुन्थ्यो ।

सामाजिक विषयवस्तुमा बनेको चलचित्र राम्रो भएको दर्शकको प्रतिक्रिया छ । चितवनका पत्रकार रवि अधिकारीले निर्माण गरेको चलचित्र 'पञ्चायत' फरक विषयवस्तुमा बनेको दर्शकको भनाइ छ । चितवन ब्युटी पार्लर युनिटको सहभागिता रहेको प्रिमियर सो पछि युनिटीका अध्यक्ष सिर्जना सोतीले चलचित्रले मन छोएको बताउनुभयो । कलाकार पुष्प आचार्यका अनुसार चलचित्रमा नेपालीपन झल्किएको छ ।

नायिका निशा अधिकारीले 'पञ्चायत' सुन्दर बनेको भन्दै प्रशंसा गर्नुभयो । निर्देशक विमल पौडेलले अर्को वर्ष ओस्कारमा पञ्चायत जाने दाबी गर्नुभयो । प्रिमियरमा उपस्थितिहरूले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रमा सरोज खनाल र नीत ढुंगानाको मुख्य अभिनय छ । चलचित्र फागुन १८ गतेदेखि देशभर प्रदर्शन हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.