केटीएमका नयाँ बाइक बजारमा

केटीएमका नयाँ बाइक बजारमा

काठमाडौं : केटीएम बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले केटीएम बाइकको नयाँ मोडल नेपालमा ल्याएको छ । नयाँ मोडलमा आरसी ३९०, आरसी २००, ३९० डुक, २५० डुक र २०० डुक रहेको कम्पनीले जनाएको छ । युरोपको नम्बर १ मोटरसाइकल ब्रान्ड केटीएमले मोटर स्पोर्ट्सको दुनियामा दुई सय ७० भन्दा बढी प्रतियोगितामा जित हासिल गरी नयाँ किर्तिमान कायम गरेको छ । साथै यो मोटरसाइकल सन् २०१२ मा पहिलो पटक नेपाल भित्रिएपश्चात सबैभन्दा धेरै बिक्री हुने प्रिमियम नेकेड मोटरसाइकलको रूपमा स्थापना भइसकेको कम्पनीले जनाएको छ ।

केटीएमको अरु मोटरसाइकलजस्तै आरसी सिरिजका बाइक पनि रेस-रेडी रहेको कम्पनीले जनाएको छ । केटीएमआरसी ३९० मा राइड-वाई-वायर, स्लिपर क्लच, एबीएसलगायत प्रिमियम सुविधा छन् । त्यस्तै आरसी २०० आल्मुनियम स्विङ आर्म, ट्रेलिस फ्रेम र अपसाइड डाउन सस्पेन्सनलगायत उच्चस्तरीय सुविधाका साथ बजारमा आएको छ । आरसी ३९० र आरसी २०० दुवै बाइकमा क्रमश: ४३.५ पीएस र २५ पीएसको उच्चस्तरीय क्षमता रहेको कम्पनीको दाबी छ ।

रेसिङ बाइकको रूपमा चिनिएको ३९० डुक २०१७ मा अझ शक्तिशाली रूपमा प्रस्तुत भएको छ । स्प्लिट एलईडी हेडल्याम्प्स, ठूलो स्टिल इन्धन ट्यांक र दोहोरो रङमा विभाजित फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । यो ४३.५ पीएस पावर तथा ३७ एनएम टर्क भएको शक्तिशाली इन्जिनका साथ आएको छ । बाइकमा राइड-वाई-वायरको प्रयोग भएको छ । यसले थ्रोटल केबल सक्रिय बनाई सेन्सरको प्रयोग गरेर स्मुथ थ्रोटल प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा विविध कलरको टीएफटी डिस्प्ले बोर्ड छ जसलाई स्मार्ट फोनसँग पनि कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ । बाइकको अघिल्लो पांग्राको डिस्क ब्रेकमा ३२० एमएमको ठूलो मोटर छ । साथै बोस्चको एन्टिलक ब्रेकिङ सिस्टम तथा स्लिपर क्लच सुरक्षा उपकरणका कारण ३९० डुक अतुलनीय रहेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले नेपाली बजारमा पहिलो पटक २५० डुक पनि भित्याएको छ । यो बाइकमा ३० पीएस पावर, स्लिपर क्लच, हल्का चेसिस र भर्खरै विकसित बोल्ट अन सबफ्रेम जडित छ । यसले घुम्ती तथा भीडभाड भएको ठाँउमा सहज रूपमा मोड्न मद्दत गर्नेछ । यो सेतो तथा सुन्तला रंगमा उपलब्ध गराइएको छ । नयाँ मोडल घोषणाको क्रममा हंसराज हुलासचन्दका कार्यकारी निर्देशक शेखर गोल्छाले पर्फमेन्स र सटिक डिजाइनले केटीएम डुकलाई अरुभन्दा भिन्न बनाएको बताउनुभयो । उहाँले नयाँ केटीएम आरसी २०० कटिङ एज टेक्नोलोजीबाट भरिपूर्ण रहेको उल्लेख गर्नुभयो । स्पोर्ट बाइकको रूपमा परिचय बनाएको नयाँ आरसी ३९०, आरसी २००, ३९० डुक, २५० डुक र २०० डुकको मूल्य क्रमश: ६ लाख ९० हजार, पाँच लाख ३० हजार, ६ लाख ९९ हजार, पाँच लाख ३४ हजार र चार लाख ४४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.