नेपाली चिया विदेशमा निर्यात हुँदै
काठमाडौं : नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकणका लागि टिफ्रेशो इन्टरनेशनलले थप योजना बनाएको छ । नेपालमा उत्पादित चिया तथा कफीको आन्तरिक एवं वाह्य बजारमा थप प्रवद्र्धन राजधानीको ठमेलमा २ वटा लाउन्ज संचालन गरिरहेको छ ।
टिफ्रेशो इन्टरनेशनलका निर्देशक धर्मराज पाण्डेले लाउन्जमा लगभग ५० प्रकारका चियाको आनन्द लिन सकिने र उचित मूल्यमा खरिद गर्न सकिने बताउनुभयो । नेपालमा चिया उत्पादनले सदियौंदेखि भएपनि चियाले आफ्नो परिचय नपाएको अवस्थामा टिफ्रेशो इन्टरनेशनलले नेपाली चियाको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न लागेको पाण्डेले बताउनुभयो ।
पाण्डेले आफै बजार खोजी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको जानकारी दिनुभयो । व्यवसाय सँगसँगै चिया कृषकको जीवनस्तर उकास्न कम्पनी लागिपरेको पाण्डेले बताउनुभयो । कम्पनीले बिक्री रकमको २ प्रतिशत कम्पनीसँग जोडिएका चिया कृषकका लागि खर्च गर्दै आएको छ ।