म्याद थपका लागि शर्मालाई विशेष अदालत लगियो
काठमाडौं : भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको म्याद थपका लागि विशेष अदालत लगिएको छ।
अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई आइतबार म्याद थपका लागि विशेष अदालत लगेको हो ।
शर्मालाई कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पक्राउ गरेको हो । अख्तियारले शर्मालाई शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट पक्राउ गरेको थियो ।