स्काइवर्थ एसीको आकर्षण

स्काइवर्थ एसीको आकर्षण

काठमाडौं : नेपाली बजारमा स्काइवर्थ ब्रान्डका एसीको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय बढ्दै गएको एसीको बजारमा स्काइवर्थका उत्पादन ग्राहकको रोजाइमा पर्न थालेको छ।

उच्च प्रविधियुक्त स्काइवर्थका एसी डिजाइनका हिसाबले आकर्षक रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपाली बजारमा आएका एसी नेपालको परिवेश सुहाउँदो छ। स्काइवर्थ गु्रपअन्तर्गत रहेको स्काईवर्थ एयर कन्डिसनिङ टेक्नोलोजीले निर्माण गर्दै आएको एसी उच्च कार्यक्षमताका छन्।

नेपालमा स्काइवर्थका लागि आधिकारी बिक्रेताको रूपमा स्मार्ट एप्लायन्स प्रालिले स्काइवर्थका घरायसी सामग्रीको बिक्रीवितराण गरिरहेको छ। स्मार्ट एप्लायन्सकाअनुसार नेपालमा स्काइवर्थको स्प्लिट एसीमा डेलफिन सिरिजका एसी छन्। उच्च कार्यक्षमताको कम्प्रेसर रहेको उक्त एसीमा हाई इफिसेन्सी हिट एक्सचेन्जर छ। नयाँ डिजाइनका साथ आएको एसीमा एरियोडाइनामिक फ्यान ब्लेको प्रयोग गरिएको छ।

जसले माइनस २५ डिग्री सेल्सियसदेखि ५४ डिग्री सेल्सियससम्म बिनारोकावट काम गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी एसीले विद्युत् खपत कम गर्नुका साथै आवाज पनि न्युन छ। १२००० बीटूयू र १८००० बीटूयू गरी दुई मोडलमा रहेको यो एसीको नेपाली बजार मूल्य क्रमशः ४८ हजार र ७५ हजार रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.