लण्डन आक्रमणको आशंकामा १२ जना पक्राउ

लण्डन आक्रमणको आशंकामा १२ जना पक्राउ

लन्डन : मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ।पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए। प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ।

शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ । केही व्यक्ति सामान्य उपचारपछि घर फर्किएका छन् । घटनामा संलग्न भएका तीन जना संदिग्ध हमलाकारी प्रहरीको प्रत्याक्रमणमा मारिएका थिए ।

बेलायतमा केही दिन पहिले आयोजित साङ्गितिक साँझको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टरमा भयानक विस्फोट गरी २२ जनाको हत्या गरिएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।


बेलायतको राजधानी लण्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणमा फ्रान्सका नागरिक पनि परेको भन्दै फ्रान्सले दुःख व्यक्त गरेको छ ।
घटनामा परी पीडित भएकालाई सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।
फ्रान्सको राष्ट्रपति कार्यालयले आइतबार निकालेको विज्ञप्तिमा आतङ्कबाद विरुद्ध लड्न बेलायतलगायतका देशकाबीचमा थप सशक्त सहकार्यको आवश्यकता भएको जनाइएको छ ।

“यो पिडादायिक क्षणमा अझ संवेदनशिल हुनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “पीडित परिवार र सुवेच्छुकलाई नआत्तिन आह्वान गर्दछौँ ।”
घटनामा परी फ्रान्सका चार जना नागरिक घाइते भएका फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ ।

त्यसैगरी अन्य देशका शिर्ष नेताले पनि लन्डनमा शनिबार राति अर्को आतङ्ककारी आक्रमण भएको घटनाप्रति भत्सर्ना गर्दै दुःख व्यक्त गर्नुभएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना सन्देश पठाउँदै सहानुभूित व्यक्त गर्नुभएको छ।उहाँले बेलायती जनता र सरकारप्रति आफुहरुको सहानुभूित रहेको बताउँदै दोषी पत्ता लगाई कारबाही गर्न आफ्नो तर्फबाट सवै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संयुक्त अरव इमरेटस्ले आइतबार निकालेको विज्ञप्तिमा शनिबार राति भएको घटनालाई “आतङ्ककारी अपराध” भनिएको छ । विदेश मन्त्रीद्वारा जारी गरिएको विज्ञप्तिमा अतिवादी र आतङ्कबादीविरुद्ध अझ शसक्त रुपले लड्न आह्वान गरिएको छ ।

बेलायती सरकार र जनतालाई पाकिस्तानले पनि सहानुभूति व्यक्त गरेको छ । विदेश मन्त्रीद्वारा जारी विज्ञप्तिमा “आतङ्ककारीको आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दछु” भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.