आइएसको कब्जाबाट पाल्मिरा सहर मुक्त

आइएसको कब्जाबाट पाल्मिरा सहर मुक्त

दमासकस : इस्लामिक स्टेट्स (आईएस) लडाकुहरूले कब्जामा राखेको सिरियाको झण्डै १४ सय वर्ग किलोमिटर क्षेत्र सिरियाली सेना र अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासमा मुक्त भएको छ । गत चौबीस घण्टाको अवधिमा सरकारी सुरक्षा फौजले पाल्मीरा सहर क्षेत्रमा आईएस लडाकुविरुद्धको सफलता प्राप्त भएको साना समाचार संस्थाले जनाएको छ । सिरियाली सेनाले हालै मात्रै आईएस लडाकुविरुद्ध सिरियाका विभिन्न ठाउँमा आक्रामक कारबाही गर्ने घोषणा गरेको थियो ।

सुरक्षा कारबाही सिरियाको उत्तरी प्रदेश अलेप्पोको दक्षिणपूर्वी केही ग्रामीण क्षेत्रमा समेत भइरहेको र त्यहाँ विगत केही दिनमा सिरियाली सेनाद्वारा हजारौं आइएस लडाकु मारिएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असादको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन केही समय पछाडि गृह युद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेट्सजस्ता आतंककारी समूहको बिगबिगी बढ्दै गयो । सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सिरियामा तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै अन्य लाखौं व्यक्ति घाइते भएका छन् । लाखैाँ सर्वसाधारण आफ्नो घरवास छोडी स्वदेशमा र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

आईएस गढमा सेना

मोसुल : इराक सरकारलाई समर्थन गर्दै आएको सेनाले आइतवार इस्लामिक स्टेट (आईएस)को महत्वूपर्ण किल्ला मोसुल सहरको पश्चिमी भाग पुनः नियन्त्रणमा लिएको छ । इराककी सेनका 'पपुलर मोबलाइजेशन फोर्सेज'का नेता अबु माहदी अल मुहान्दिसले आफ्ना सैनिकले मोसुलबाट १३० किलोमिटर दूरीमा रहेको अल बाजमा आक्रमण गरेर आफ्नो नियन्त्रणमा लिएको जानकारी दिए ।

सिरियासँग सीमा जोडिएको यस क्षेत्रमा आईएसलाई त्यहाँबाट हटाउन भीषण युद्ध भइरहेको छ । सेना र इराकी जनताले अल बाज आईएसको कब्जाबाट मुक्त भएकोमा आइतवार खुसीयाली मनाएका छन् । अल मुहान्दिसले मुस्लिमहरूको पवित्र महिना रमदानमा पनि आफ्ना सैनिकले आईएसविरुद्ध लडाइँ जारी राखेको भन्दै सह्राना गरेका छन् । उत्साहित हुँदै उनले अरू क्षेत्रमा पनि आफूहरूले जित हासिल गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.