केन्द्रीय मन्त्रीलाई फोन गर्न रुखमा चढ्नु परेपछि...
एजेन्सी: के तपाईले केन्द्रीय मन्त्रीलाई फोनको नेटवर्कका लागि रुखमा चढेको देख्नु भएको छ ? तर भारतको एक मन्त्रीले फोनको नेटवर्कका लागि रुखमा चढ्नु परेको छ।
केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्र बीकानेरमा पुग्दा यस्तो अवस्था भोग्नु परेको हो। उहाँ श्रीडूंगरगढ़को धोलिया गाउँमा पुग्दा स्थानीयले आफ्ना समस्या सुनाएका थिए।
उनीहरुको समस्या सुनेर सम्बन्धित अधिकारीलाई फोन सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर थिएन्। फलस्वरुप उहाँले गाउँको समस्या सुल्झाउन रुखमा चढेर अधिकारीलाई फोनको नेटवर्कलाई सर्वसुलभ बनाउन निर्देशन दिनुभयो।