मधेस विरोधी भन्दै पत्रकार महासंघका उपाध्यक्ष तिवारीमाथि आक्रमण

मधेस विरोधी भन्दै पत्रकार महासंघका उपाध्यक्ष तिवारीमाथि आक्रमण

वीरगन्ज : प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एंव नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्याक्ष अनुप तिवारीमाथि दुव्र्यवहार र आक्रमण भएको छ।
वीरगन्जको छपकैयामा रहेको मालपोत कार्यालय छेउमा रहेको एक होटलमा सोमबार राति आफ्ना साथीसंग खाजा खाँदै गरेका बेला तिवारीलाई आठ जनाको संख्यामा आएका युवाको समूहले आक्रमण गरेका हुन्।

राति साढे आठ बजे तिर होटल भित्र छिरेका तीन जना युवाले पत्रकार तिवारीको मुख र जीऊमा मोबिल खन्याउदै सलाई बालेर आगो लगाउने प्रयास गर्दा पत्रकार तिवारीसंग रहेका साथीहरुले प्रतिवाद गरेपछि आक्रमण गर्ने युवा मोटरसाइकलमा चढेर भागेका थिए।

‘होटलमा म आफ्ना सहकर्मीसंग बसेर खाजा खाइरहेको थिएँ, साढे आठ बजे तिर चार वटा मोटरसाइकलमा आएका आठ जना मध्ये तीन जना होटल भित्र छिरे अनि त मधेस विरोधी पत्रकार हो, मधेसीको विरुद्धमा खुब समाचार लेख्छस् भन्दै बट्टाको मोबिल मेरो अनुहार र जीउमा खन्याई दिए’, पत्रकार तिवारीले भन्नुभयो, ‘आक्रमण गर्ने मध्ये तीन जना सुजित गिरी, एजाज बाबु राँकी र कृष्ण चौरसीयालाइ मैले चिनेको छु।’

सुजितले केही दिनदेखि मधेस विरोधी समाचार लेखेको भन्दै फेसबुक मार्फत आफूलाई अनेक अपशब्द र गाली गलौज गर्दै धम्की पनि दिँदै आएको पीडित पत्रकार तिवारीले बताउनु भयो।

नेकपा एमालेका तत्कालीन केन्द्रीय सदस्य समेत रहेका सुजितका बुबा प्रहलाद गिरी एमाले छाडेर फोरम नेपालमा प्रवेश गरेको समाचार लेखेकै निहुमा उनका छोरा सुजितसहितका युवाहरुले सोमबार राति आक्रमण गरेको पत्रकार तिवारीले बताउनु भयो।

पीडित पत्रकारले आफूमाथि भएको आक्रमणमा संलग्नविरुद्ध कार्वाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिनु भएको छ। तिवारीले पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहलाइ भेटेर जोहेरी दिनु भएको हो।
मंगलबार पर्साका पत्रकारले समेत सुरक्षाको माग गर्दै पत्रकार तिवारीमाथि भएको आक्रमणको भत्सना गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अगुवाइमा प्रहरी कार्यालयमा पुगेका पत्रकारले तिवारीमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनामा संलग्नलाइ कार्वाही गर्न माग गरेका हुन्।

पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष बन्जराले तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नु भएको छ। पत्रकार तिवारीमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै बुधबार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई पनि लिखित जानकारी गराउने अध्यक्ष बन्जाराले जानकारी दिनुभयो।

पत्रकार तिवारीमाथि भएको आक्रमणको विरोधमा मधेस मिडिया मिसन पर्साका कार्यवाहक अध्यक्ष प्रमोद यादव, मेची माहाकाली मिडिया सोसाइटीका अध्यक्ष जितेन्द्र साह र तराई मिडिया एशोसिएसन नेपालका सचिव दीपेन्द्र सिंहले पनि विज्ञप्ती जारी गरेर दोषीलाइ कार्वाही गर्न माग गर्नु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.