‘म कलाकारिताको पण्डित'

‘म कलाकारिताको पण्डित'

इटहरी : चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई उनका बुवाआमाले पण्डित बनाउने सपना देख्नुभएको थियो । तर आचार्य भने पढाइमा मन नलाग्दा ‘सिनेमाहल क्याम्पस' जानुहुन्थ्यो ।

आफ्नो पुस्तक ‘हरिबहादुर' को प्रबद्र्धनका क्रममा पूर्व आइपुगेका आचार्यले सुनसरीको इटहरीमा आफ्ना प्रसंशकहरुसँग आफ्ना सिनेमा अनुभव साट्दै सिनेमाहल आफ्नो लागि गुरु भएको बताउनुभयो ।

‘स्कुलबाट निकालिएरपछि सिधै क्याम्पस जान्थेँ,' आचार्यले सिनेमाका कलाकारलाई शिक्षक शिक्षिका भन्दै भन्नुभयो, ‘सिनेमाहल क्याम्पसमा शिक्षक शिक्षिकाहरु साह्रै राम्रा ।' वहाँले सिनेमाहलको फिल्मको पहिलो शो हेर्न पर्ने सकसको समेत अनुभव साट्नुभएको थियो ।

आफ्ना बुवा आमाले आफूलाई पण्डित बनाउने भनेर सपना देखेपनि आफू भने कलाकारितामा लागेर कलाकारिताको पण्डित बनेको वहाँले बताउनुभयो । वहाँले दर्शकहरुतिर हेर्दै भन्नुभयो, ‘त्यसैले त तपाइहरु सबै मेरो प्रवचन सुनिरहनुभएको छ ।'

निकै समयअघि इटहरी आउँदा राजाको शालिकमा चढाइएको सुन्तला प्रहरीलाई झुक्याएर अर्का कलाकार किरण केसीले लिएको प्रसंगसमेत आचार्यले सुनाउनुभएको थियो । कलाकार, साहित्यकार तथा इटहरीका साहित्य तथा कला प्रेमी युवाहरु उपस्थित कार्यक्रममा आचार्यले अघिल्लो पुस्तकबाट आफू हौसिएर हरिबहादुर नामक पुस्तक प्रकाशन गरेको बताउनुभयो । वहाँले यो पुस्तकको हरिबहादुर नामक पात्र आफै भएको समेत सुनाउनुभयो । कार्यक्रमको सहजीकरण गर्दै चर्चित युवा साहित्यकार मनु मञ्जिलले प्यारो कलाकारले लेखेको पाठकले मन पराएर पढ्ने बताउनुभयो ।

‘हरिबहादुर' पुस्तकको प्रचारप्रसारका लागि पुर्वाञ्चलको यात्रामा रहनुभएका आचार्यले बिर्तामोड, धरान र विराटनगरमासमेत कार्यक्रम गर्नुभएको थियो । आचार्यले सबै पाठक सामु सहज तरिकाले पुस्तक पुर्याउने र भेटघाट गर्ने उद्धेश्यका साथ ‘हरिबहादुर' किताब यात्रामा हिँडेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.