‘विकिनी किलर’ चार्ल्स शोभराजको शल्यक्रिया गरेर मुटुको भल्भ फेरिने

‘विकिनी किलर’ चार्ल्स शोभराजको शल्यक्रिया गरेर मुटुको भल्भ फेरिने

काठमाडौं : ‘विकिनी किलर’ का नामले कुख्यात प्रान्सेली नागरिक चाल्र्स शोभराजको राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ। शोभराजको स्वास्थ्य जाँचपछि शुक्रबार शल्यक्रिया गर्ने निधोमा चिकित्सकहरु पुगेको अस्पताल श्रोतले अन्नपूर्णसँग बतायो।

१४ वर्ष अघि काठमाडौं स्थित एउटा क्यासिनोबाट गिरफ्तार गरिएका शोभराजलाई हत्यामा सर्वेच्च अदालतले दोषी ठहर गरेपछि जेलमा छन्।

सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार स्वास्थ्य जाँचका लागि गंगाल पठाइएको थियो। शल्यक्रियाको समयमा मात्रै गंगालाल पठाउने गरी शोभराजलाई अहिले कारागारकै अस्पतालमा भर्ना गरिएको छ।

जेलबाट छिट्टटै छुट्ने आशा राख्दै आएका शोभराजले केन्द्रीय अस्पतालका चिकित्सकसँग आफू छुटेपछि फ्रान्समा नै मुटुको शल्यक्रिया गर्ने इच्छा राखेका थिए। तर, शोभराजको स्वास्थ्य स्थिती हेर्दा लामो प्रतिक्षा हितकर नहुने चिकित्सकले सुझाव दिएपछि शोभराजलाई गंगालालमै शल्यक्रिया गर्ने निधो गरेको केन्द्रीय कारागार श्रोतले अन्नपूर्णलाई बतायो।

केन्द्रीय कारागारको गोलघरमा अक्सर ‘हत्कडी’मा राखिदै आएका अति खतरनाक मानिने ७३ वर्षीय शोभराज केही दिन अघि बेहोस भएर ढलेपछि उनको मुटुमा समस्या देखा परेको हो। बुधबार अस्पतालबाट फोन गरी भारतको एक सञ्चारमाध्यमलाई दिएको मार्मिक अन्तवार्तामा उनले यसपल्ट आफू बाँच्ने या नबाच्ने बारे दुविधा रहेको र शल्यक्रियालाई लिएर आफू नर्भस बनेको बताएका छन्। तर, केन्द्रीय कारागाका मेडिकल सुपरिटेन्डेन्ट डा. केदारनरसिङ केसीले उनको अवस्था ‘नाजुक’ नरहेको तर मुटुको उपचार जरुरी भएको बताउनुभयो। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सहिद गंगालाल हृदयरोग केन्द्रमा उनलाई जाँचका लागि पठाइएकोे डा. केसीले बताउनुभयो।

सर्वोच्चको जन्मकैद फैसला पछि आफूले सजाय भुक्तान गरी सकेको र एक वर्ष पहिला नै छुट्नु पर्ने जिकिर उनले काराकारका अधिकारीहरुसँगै गर्दै आएको भएपनि यसबारे सरकारले निर्णय गरी सकेको छैन।

सँगै उनले जेलका अधिकारीहरुसँग नेपालमा रहेका केही मानिसहरु उनलाई ‘मार्न’ लागेको र आफू यहाँ सुरक्षित नभएको पनि बताउँदै आएका छन्। अस्पतालबाट निको भइ बाहिर आएमा शीघ्र रिहाइका लागि प्रयास गर्ने र पेरिस फर्केपछि के गर्ने भन्ने योजना पनि बनाइसकेको उनले बताएका छन्।

उनले भारतीय पत्रिका इन्डियन एक्प्रेसलाई दिएको सूचना अनुसार एक जना बेलायती टीभी प्रोडुयसरसँग हालै सम्झौता गरेका छन्, जसरअनुसार शोभराज र ती ‘प्रोड्युसर’ काठमाडौं देखि पेरिससँगै हवाई यात्रा गर्ने र त्यसपछि एउटा फिल्म निर्माणमा लाग्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.