नेपाल वैदेशिक व्यापारघाटा ७ खर्ब ४७ अर्ब

नेपाल  वैदेशिक व्यापारघाटा ७  खर्ब ४७ अर्ब

काठमाडौं : नेपालको वैदेशिक व्यापारघाटा सात खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । चालू आवको १० महिनामा कुल आठ खर्ब ६९ अर्ब ७० अर्ब रुपैयाँको व्यापार भएकामा आयातमात्रै आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ । यस अवधिमा नेपालबाट ६१ अर्ब दुई करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा आयातको तुलनामा निर्यात नगन्य छ । अत्यावश्यक पेट्रोलियम पदार्थ तथा सवारीसाधन र यसका पार्टपुर्जा आयातले व्यापार घाटा थप उच्च्च बनेको हो ।

पाँच खर्ब ६६ अर्ब रेमिटेन्स

चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले खर्ब ६६ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल पठाएका छन् । समीक्षा अवधिमा नेपाल भित्रिएको रकम गएको आवको सोही अवधिभन्दा पाँच दशमलव दुई प्रतिशत बढी हो । गएको वर्षको वैशाखसम्म पाँच खर्ब ३८ अर्ब ८७ करोड रेमिटेन्स नेपाल भित्रिएको थियो ।

घट्यो शोधनान्तर बचत

अघिल्लो वर्षको १० महिनासम्ममा एक खर्ब ६६ अर्ब ६३ करोड रहेको शोधानान्तर बचत यस वर्षको सोही अवधिमा ५३ अर्ब ५४ करोडमा सीमित भएको छ । आयातमा भएको उच्च वृद्धि र रेमिटेन्समा आएको कमीका कारण शोधनान्तर बचत घटेको हो ।

मूल्य वृद्धि ३.४ प्रतिशत

चालू आर्थिक वर्षको वैशाखमा मूल्य वृद्धि ३.४ प्रतिशतमा सीमित रहेको छ । गत चैतमा यस्तो मूल्य वृद्धि ३.८ प्रतिशत थियो । चैतभन्दा वैशाखमा वस्तु तथा सेवाको मूल्यमा सामान्य सुधार भएको राष्ट्र बैंकले जनाएको छ । गएको वर्षको वैशाखमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशत थियो । गत वर्षको सोही अवधिभन्दा यस वर्ष आपूर्ति व्यवस्थामा आएको सुधारसँगै मूल्य वृद्धि ओरालो लागेको हो ।

चालू आवको १० महिनामा कुल आठ खर्ब ६९ अर्ब ७० अर्ब रुपैयाँको व्यापार भएकामा आयातमात्रै आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ ।

समीक्षा अवधिमा खाद्य वस्तुको मूल्य वृद्धि शून्य दशमलव दुई र गैरखाद्य वस्तुको मूल्य वृद्धि ६ प्रतिशत छ । गएको वर्षको वैशाखमा खाद्य वस्तुको मूल्य वृद्धि ९.६ प्रतिशत र गैरखाद्यवस्तुको मूल्य वृद्धि १०.४ प्रतिशत थियो ।

समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य वृद्धिमा १३.४, तरकारीमा १३.१ र घिउ तथा तेलहनमा एक दशमलव नौ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य वृद्धिमा भने १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा हेर्दा वैशाखमा काठमाडौंमा सबैभन्दा कम र पहाडमा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । हिमालमा यस्तो मूल्य वृद्धि दुई दशमलव आठ प्रतिशत र तराईमा तीन दशमलव ६ प्रतिशत छ । यस्तो वृद्धिदर गत आवको वैशाखमा काठमाडौं उपत्यककामा ११.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र पहाडमा ११ प्रतिशत थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.