बूढीगण्डकी प्रभावितलाई  मुआब्जा वितरण

बूढीगण्डकी  प्रभावितलाई  मुआब्जा वितरण

गोरखा : १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाबाट डुबानमा पर्नेहरुलाई अहिलेसम्म एक अर्ब १९ करोड ३६ लाख रुपियाँ मुआब्जा बितरण भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार घ्याल्चोक, भुम्लिचोक र दर्बुङका डुबान प्रभावितलाई सो मुआब्जा वितरण गरिएको हो ।

‘अहिलेसम्म पाँचसय ८३ जनालाई मुआब्जा वितरण गरिसकिएको छ' प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भन्नुभयो ‘उनीहरुलाई कुल एक अर्ब १९ करोड ३६ लाख ८० हजार दुईसय ३७ रुपियाँ मुआब्जा वितरण भएको छ ।' डुबान प्रभावितलाई गत फागुनको ११ गतेबाट मुआब्जा वितरण सुरु गरिएको हो । पहिलो चरणमा जम्मा ३२ जनालाई मुआब्जा वितरण गरिएको थियो ।

‘दोस्रो चरणमा एकसय दुई जनालाई, तेस्रो चरणमा ६५ जनालाई, चौथो चरणमा एकसय ४८ र पाँचौं चरणमा दुईसय ३६ जनालाई मुआब्जा बाँडिएको हो' प्रजिअ बस्नेतले भन्नुभयो ‘यो क्रम निरन्तर चलिरहनेछ ।' चालु आर्थिकबर्ष भित्र मुआब्जा वितरण गर्नका लागि गोरखामा साँढे दुई अर्ब र धादिङका लागि साँढे दुई अर्ब रुपियाँ प्राप्त भएको थियो ।

आयोजना निर्माणको लागि पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ कर उठाउने कामलाई निरन्तरता दिएको छ । आयोजना निर्माणको लागि चालु आर्थिक वर्षबाट सुरु गरिएको पेट्रोलमा लगाइएको करबाट नौ अर्ब ५० करोड रुपैयाँ उठिकसेको छ । आयोजना निर्माण हुँदा गोरखा र धादिङका करिब ३५ सय घर धुरी पूर्ण रुपमा विस्थापित र ४५ सय घरधुरी आंशिक रुपमा प्रभावित हुने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । सरकारले आर्थिक वर्ष २०६९÷७० देखि यो आयोजना निर्माणमा बजेट बिनियोजन गर्दै आएको हो ।

आगामी आर्थिक वर्ष ०७४ र ०७५ का लागि सरकारले १० अर्ब बिनियोजना गरेको छ । आर्थिक वर्ष ०६९÷७० को बजेटमा सरकारले ५५ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेकोमा त्यसमध्ये ६२.५१ प्रतिशत मात्रै खर्च भएको थियो । आर्थिक वर्ष ०७०÷०७१ मा ५७ करोड ९ लाख रुपैयाँ बिनियोजन गरिएको थियो । तर पूर्ण रकम खर्च नभई २० प्रतिशत रकम फ्रिज भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ५७ करोड २० लाख, आर्थिक वर्ष ०७२÷०७३ मा ३ अर्ब ३३ करोड रुपैयाँ बिनियोजन गरेको थियो । यी दुई आर्थिक वर्षमा गरी जम्मा २० प्रतिशत रकम खर्च भई ८० प्रतिशत रकम फ्रिज हुन पुग्यो ।

चालु आर्थिक वर्षमा पाँच अर्ब ३३ करोड बिनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षको लागि बुढीगण्डकी जलविद्युत् आयोजनाको लागि १० अर्ब १७ करोड रुपैयाँ रकम बिनियोजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.