कृषि यन्त्रीकरणको प्रयोग बढ्यो

कृषि यन्त्रीकरणको प्रयोग बढ्यो

स्याङ्जा :  जनशक्तिको अभाव हुन थालेपछि हलगोरुको विकल्पमा हाते ट्र्याक्टर, थ्रेसर र ब्रस कटरको प्रयोग बढ्न थालेको छ । ४/५ वर्षअघि यदाकदा देखिने कृषि यन्त्रीकरण अहिले स्याङ्जामा बढी देखिन थालेको छ । त्यसमा पनि हाते ट्र्याक्टरको माग उल्लेख्य वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आँधीखोला गाउपालिका ४ बाङ्सिङ्का रुकुमदत्त पौडेल खेतमा आलु, गहुँ, तोरी, मकैदेखि तरकारीखेतीका लागि पनि हाते ट्र्याक्टर प्रयोग गर्नुहुन्छ । हलगोरु पालेर खेतीपाती गर्नुभन्दा हाते ट्र्याक्टरको प्रयोग कम खर्चिलो र जोत्नका लागि पनि धेरै सजिलो भएको उहाँको भनाइ छ ।

पौडेल व्यावसायिक र सफल किसान हुनुहुन्छ । हाते ट्र्याक्टरबाट जोताएर उहाँले करिब ५/६ रोपनी जग्गामा मौसमी तथा वेमौसमी तरकारीखेती गर्नुभएको छ । चार वर्षदेखि हाते ट्र्याक्टरबाटै खेतीपाती र तरकारीखेती गर्दै आएको पौडेल बताउनुहुन्छ । पुतलीबजार नगरपालिका वडा नं. १० का मुक्ति अधिकारीले यसवर्ष हाते ट्र्याक्टरले जोताएर आलु लगाउनुभयो । आलुउत्पादन राम्रो भयो ।

करेसाबारीमा भएका मौसमी र वेमौसमी काउली, बन्दा, साग, काँक्रो, घिरौला, धनियालगायत तरकारी उत्पादन राम्रो भएको छ । हलगोरु जोताएर उब्जेको अन्नपातभन्दा उत्पादनमा कमी नभएको बताउँदै खेतबारीका कुनाकुनासम्म हाते ट्र्याक्टरले जोत्ने गरेको अधिकारीको भनाइ छ । अधिकारी सुन्तला व्यवसायी हुनुहुन्छ । फलफूल बगैंचा वा सुन्तला र कफीलगायत अन्य बोट भए पनि सजिलै जोगाउन सकिनुका साथै महिलाले पनि सहज जोत्न सक्नेहुँदा हाते उपयोगी देखिएको छ ।

त्यसो त, त्यसो त, कृषि प्रविधिसँगै रमाउँदै खेतबारी जोत्ने, धान रोप्ने, काट्ने, दाइँ हाल्ने, मकै छर्ने जस्ता मेसिनको प्रयोग गर्न पाएपछि बाँझो रहेका जग्गा जमिन फेरि हराभरा बनाउनतर्फ किसानको जागर फर्केको बताउनुहुन्छ पुतलीबजार नगरपालिका १३ का माया चापागाईं । उहाँले गतवर्ष थ्रेसर मेसिनमार्फत धानको दाई राखेको बताउनुभयो ।

एक जनाले हल गोरु दिनभर लगाएर जोत्ने गरेको खेत हाते ले दुई घन्टामै जोत्ने भएपछि हिजोआज स्याङ्जाका गाउघरमा हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु र हलीको पनि झन्झट नहुने र आफैंले दिनको एक दुई घन्टा गर्दे जोत्न पनि सकिने हुदा किसान आकर्षित भएका हुन् । दिनभर एकहल गोरुको खर्चभन्दा हाते ट्र्याक्टरको खर्चको मूल्य पनि सस्तो छ । स्याङ्जामा एक दिनका लागि एक हल गोरु र हलो जोत्नेको (हली) पारि श्रमिक र खाजासहित करिब दुई हजारभन्दा बढी हुन्छ । तर, हाते ट्र्याक्टरको खर्च त्योभन्दा धेरै कम देखिएको छ ।

सानो, मध्यम र ठूलो आकारमा उपलब्ध हुने हाते ट्र्याक्टर डिजेल र पेट्रोलबाट चल्छ । प्रतिघन्टा एक लिटर इन्धनले एक रोपनी जग्गा जोत्न सकिने बाली संरक्षण अधिकृत ख्यानारायण चापागार्इंले जानकारी दिनुभयो । हाते ट्र्याक्टरबाट जोत्न, धान रोप्ने जमिनको तयारी गर्न, ड्याङ बनाउन, आलु खन्नसहित र ठूलो ट्र्याक्टर नजाने ठाउँ र सानो गरा भएको भिरालो जमिनमा पनि उपयोगी हुने चापागाईको भनाइ छ ।

पर्याप्त जनशक्तिका अभावमा गाँउका धेरै जग्गा उपयोग हुन नसकेपछि कृषि उत्पादनका लागि गाउघरमा हाते ट्र्याक्टरको प्रयोगमा जोड दिइएको छ । वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडी यसको प्रयोगले थोरे लगानीमा धेरै लाभ लिन सकिने बताउनुहुन्छ । वरिष्ठ अधिकृत दवाडीका अनुसार कृषि विकास कार्यालय स्याङ्जाले ५० प्रतिशत अनुदानमा यस वर्ष ६३ जना कृषकलाई हाते ट्र्याक्टर उपलब्ध गराएको थियो । किसानको माग अनुरुप कृषि यन्त्रीकरण उपलब्ध गराउन नसकेको कृषि विकास कार्यालयले जनाएको छ । हलगोरु पालेर खेतीपाती गर्नुभन्दा हाते ट्र्याक्टरको प्रयोग कम खर्चिलो र जोत्नका लागि पनि धेरै सजिलो हुन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.