हेटौंमा सांस्कृतिक महोत्सव

हेटौंमा सांस्कृतिक महोत्सव

हेटौंडा :  हेटौंडेली दर्शकहरुले देशभरको कला र संस्कृति एकै ठाउँमा हेर्न अवसर पाएका छन् । कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले हेटौंडामा जारि तीन दिने राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव बुधबार सकिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको महोत्सवमा देशका बिभिन्न क्षेत्रका नृत्य र गित प्रस्तुत गरिएको थियो ।महोत्सवको अन्तिम दिन बुधबार तामाङ्ग, मगर, गुरुङ्ग र नेवारको आकर्षक साँस्कृतिक नृत्य प्रस्तुत गर्दा हेटौंडेली दर्शकले हेटौंडा २ स्थित पल्पसा हलमा गर्मीको प्रवाह नगरि रमाईरहेका थिए । कार्यक्रममा मकवानपुरबाट राष्ट्रिय ख्याती कमाएका कलाकारहरु कमल क्षेत्री तथा मिना निरौला, अशोक राई, स्थानीय कलाकारहरु कृष्णगोपाल सिँह, अस्मिता ढकाल, तुलुक बहादुर लामा लगाएतले कला प्रस्तुत गरेका दिए ।

महोत्सवमा महोत्सवको दो श्रो दिन मंगलबार शास्त्रीय संङ्गीत सम्बन्धी अन्तरक्रिया सहित बिशेष शास्त्रीय संङ्गीत प्रस्तुती गरिएको थियो । महोत्सवमा पहिलो दिन सौराहाको मयुरी नृत्य, भोजपुरी, मैथली र थारु गित तथा नृत्य, धिमा नृत्य, सुदुरपश्चिमको छलिया नृत्य, मध्यपश्चिमको चरिया नृत्य, पुर्वाञ्चलको गर्रा, जनकपुरको झिझिया लगाएत प्रस्तुती थियो । महोत्सवमा मेचीदेखि महाकालीसम्मका एक सय १५ जना कलाकारले प्रस्तुती गरेका कार्यक्रमका स्थानीय संयोजक आशाकाजी श्रेष्ठले बताउनुभयो । प्रतिष्ठानले प्रत्येक वर्ष नाट्य महोत्सव गर्दै आएको छ ।

महोत्सव साँङ्गीतिक कार्यक्रमसहित बुधबार मकवानपुरका पाँच जना कलाकर्मीलाई सम्मान पनि गरिएको थियो । संगितकारहरु भोला जोशी, प्रमेन्द्र महर्जन, सानुकाजी महर्जन, गायक कृष्ण गोपाल सिँह र पूर्व गायिका सुशिला पाण्डे मानन्धरलाई सम्मान गरिएको हो । प्रतिष्ठानका उपकुलपती शम्भुजित बाँस्कोटाले उनीहरुलाई खादा लगाएर सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख आतिथी बरिष्ठ साहित्यकार तुल्सी थापाले राष्ट्रको लागि कला सङ्गीतको माध्यमबाट योगदान दिएकाहरुलाई बुढ्यौलीमा राज्यले नहेरेको गुनासो गर्नुभयो । प्रतिष्ठानका उपकुलपती बाँस्कोटाले देशलाई एकता राख्न कलाकारले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । महोत्सव सम्पन्न गर्न करिब १९ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।

फोटो क्याप्सन ः बुधबार महोत्सवमा गुरुङ जातिको कौरा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । फोटो÷कृष्ण सारु मगर ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.