चूडामणि शर्मालाई ६ दिन थुनामै राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति
काठमाडौं : विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि अनुसन्धानका लागि ३० दिनको माग गरेको भए पनि विशेष अदालतले ६ दिनको मात्र म्याद थप गरेको हो।
विशेष अदालतका न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शर्मालाई गत आइतबार समेत ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।