विराटनगरमा ११ करोडको लागतमा ‘मल्टिप्लेक्स’ चलचित्र हल
विराटनगर : विराटनगरमा ११ करोड रुपैयाँको लागतमा लागत नयाँ सिनेमा हल खुलेको छ । पञ्चायतकालमा विराटनगरमा सुविधा सम्पन्न चारवटा चलचित्र हल सञ्चालन थिए । तर, बीचमा व्यवसायिक घाटाका कारण जलजला र इन्द्र चित्र मन्दिर बन्द भए । हिमालय हलले जसोतसो सिनेमा पारखीको प्यास मेटाउने प्रयास गरेको थियो ।
लामो सयमपछि आधुनिक सुविधासहित विराटनगरमा सिटी सिनेमाको नाममा शुक्रबारदेखि नयाँ हल खुलेको हो । ५ कठ्ठा जमिनको पाँच करोड मूल्यसहित एघार करोड रुपैयाँ लगानी भएको लगानीकर्ताले बताए । उद्योगी सुशील रिजाल र सुयष प्याकुरेलले लगानी गरी नयाँ हल सञ्चालनमा ल्याउनु भएको हो ।
३२० जनाले एकै पटक हेर्न मिल्ने गरी एउटै छातामुनि दुई हल सञ्चालनमा ल्याइएको सञ्चालक सुयष प्याकुरेलले बताउनु भयो । ‘सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुका लागि हामीले हल खोलेका हौं,’ प्याकुरेलले भन्नभुयो,‘अब आरमदायी रुपमा सिनेमा हेर्न विराटनगरवासीले बाहिर जानु पर्दैन ।’
प्याकुरेलका अनुसार एउटै हलमा दुुईवटा पर्दा राखिएका छन् । एकै पटक दुई फिल्म हेर्न सकिन्छ । आधुनिक उपकरण र जेबिएलसहितको स्पिकर जडान गरिएको छ । एनईसी टुुके प्रोजेक्टर जुन विश्वकै आधुनिक हो यसले देखाउने पिक्चर क्वालिटी अन्र्तर्राष्ट्रियस्तरको छ । आरामदायी सिट र एसी जडित हलमा सिनेमा हेर्न टिकटको मूल्य ३२०, ४९० र ७८० रुपैयाँ राखिएको छ ।
शुक्रबार, शनिबार र आइतबार ३२० रुपैयाँमा विकेन्ड अफर दिएर सिनेमा हेर्ने व्यवस्था गरिएको छ । विद्यार्थीलाई बिहानी शोमा १ सय ९० रुपैयाँमा हेर्न पाउने व्यवस्था गरिएको प्याकुरेलले जानकारी दिनुभयो ।
सिटी सिनेमाले दिनमा ६ शो देखाउने र उत्कृष्ट फिल्म लागे त्यसलाई बढाउन सकिने जनाएको छ । डलबी साउन्ड सिस्टम प्र्रयाोग गरिएको हलमा विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट पनि छ । विराटनगरको हलमा लक्जरियस र सुपर लक्जरियस गरी दुई प्रकारका सिट राखिएको छ ।
हलमा उद्योगी सुशील रिजालले लगानी गर्नु भएको छ । रिजालले जुट, चिया, चामल र खाने तेलजस्ता उत्पादनमूलको उद्योगपछि सिनेमा हलमा पनि लगानी गर्नु भएको हो । यो मल्टिप्लेक्स संचालनमा नआउँदा विराटनगरवासी सिनेमा हेर्न २२ किलोमिटर टाढा इटहरीसम्म पुग्ने गर्दथे । नयाँ हल सञ्चालनमा आएसँगै विराटनगर, त्यस वरपरका गाविस र सीमवर्ती भारतीय दर्शकलाई पनि समेट्ने लगानीकताले बताएका छन ।
सुनसरीको इटहरीमा दुई वर्षदेखि ‘आई सिनेमा’ नामको अत्याधुनिक सिनेमा हल सञ्चालनमा छ ।