जनता विद्यापीठमा ३४ लाखको पुस्तकालय भवन

जनता विद्यापीठमा ३४ लाखको पुस्तकालय भवन

तुलसीपुर :  नेपाल संस्कृत विश्व विद्यालय जनता विद्यापीठ बिजौरी दाङमा झण्डै ३४ लाखको लगानीमा पुस्तकालाय भवन निर्माण गरिएको छ । जनता विद्यापीठ बिजौरीमा रहेको पुस्तकालय भवन जीर्ण भए पछि विभिन्न निकायको सहयोगमा ३३ लाख ८३ हजार रुपैयाँ खर्च गरेर नयाँ सुविधा सम्पन र आधुनिक पुस्तकालय निर्माणका लागि पुस्तकालय भवन निर्माण गरिको छ ।

आर्थिक वर्ष २०६६/०६७ साल देखि निर्माण सुरु गरिएको भवनको चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरिएको छ । जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति), शान्ति तथा पुर्ननिर्माण मन्त्रालय, सांसद विकास कोष र जनता विद्यापीठको ३३ लाख ८३ हजार रुपैयाको लागतमा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष नवीनकुमार पोख्रेलले जानकरी दिनु भयो ।

पुस्तकालय भवनको एक कार्यक्रमकाबीच नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले उद्घाटन गर्नु भयो । विद्यापीठका प्राचार्य माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति कोइरालाले विश्वविद्यालयले संस्कृत शिक्षाको महत्वलाई चिनाई राखेको भन्दै संस्कृत शिक्षाको महत्वलाई सबैमाँझ दर्शाउनु पर्ने बताउनु भयो । उहाँले सबै भाषाको केन्द्र संस्कृत भाषा भएकाले संस्कृत भाषाबिना अरु भाषाको संरक्षण र विकास हुन नसक्ने बताउनु भयो ।

कोइरालाले विद्यापीठको कुशल समन्वयकारी नेतृत्वको कारण भवन बन्न सकेको भन्दै यसमा कुशल गुरु, जिज्ञाशु विद्यार्थी र आधुनिक पुस्तकको व्यस्थापन गर्न आबश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा शिक्षाध्यक्ष रमेश ढकालले संस्कृत भाषाको प्रचार प्रचार आबश्यक भएको भन्दै यसमा सबै जुटनु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीको आकर्षण बढाउन पुस्तकालयले मद्धत गर्ने बताउनु भयो । कार्यक्रममा पुस्तकालय निर्माणमा महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै भवन निर्माण समितिका अध्यक्ष तथा विद्यापीठका लेखा प्रमुख नवीनकुमार पोख्रेल र जिल्ला प्राविधिक कार्यालयका सव इन्जीनियर युवराज गिरीलाई सम्मान गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.