गर्मीले किड्नीका बिरामी ह्वात्तै बढे

गर्मीले किड्नीका बिरामी ह्वात्तै बढे

नवलपरासी: केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण नवलपरासीको जनजीवन कष्टकर बन्दै गएको छ। गर्मीका कारण किड्नीका बिरामीहरुको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्।

जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरुमा हप्ता दिनदेखि गर्मीका बिरामीको संख्या ह्वात्तै बढेको छ। कडा ज्वरो (कमाउने ज्वरो, मलेरिया) का बिरामी र झाडापखालाका बिरामीहरुको संख्या दिनप्रतिदिन बढेको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो।

अस्पतालमा पानीको कारण किड्नीमा असर पुर्‍याएका बिरामीहरु बढी आउने गरेको होदाले बताउनुभयो। गर्मीयाममा शरीरले पानी बढी सोस्ने गर्दछ तर सर्वसाधरणले चाहिएजति पानी नपिउँदा त्यसको असर सोझैं किड्नीमा परेको देखिएको छ।

अस्पतालमा आउने ८० प्रतिशत बिरामीहरु पानीका कारण किड्नीमा असर पारेर आउने गरेको डा. होदाले बताउनुभयो। अस्पतालमा दैनिक २ सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । किड्नीका बिरामीपछि झाडा पखाला र कडा ज्वरो र मलेरियाका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

लामो समयदेखि पानी नपरेका कारण विभिन्न रोग बढ्न सक्ने भन्दै चिकित्सकहरुले खानपानमा ख्याल गर्न सुझाएका छन्। यसैबीच गर्मीका कारण स्कुले बालबालिकाहरु सबैभन्दा बढी प्रभावित बनेका छन्।

स्कुलका कक्षा कोठामा क्षमताभन्दा बढी विद्यार्थीहरु राखेर पठनपाठन गराईदा बालबालिकाहरुले सास्ती व्यहोर्नु परेको छ। गर्मीले दिनभरी मजदुरी गरेर जिविकोपार्जन गर्ने कामदार बढी मर्कामा परेका छन्। दिउँसो पख अत्याधिक चर्कोघाम बढेका कारण सडकमा पैदल यात्रुहरुको संख्या पनि कमहुँदै गएको छ। परासी क्षेत्रमा हप्ता दिनदेखि ४० देखि ४२ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.