कुवत बार्न छाडे गर्भवती महिलाले

कुवत बार्न छाडे गर्भवती महिलाले

मंगलसेन : बच्चा गर्भमा रहेदेखि दुई वर्षको अवधिमा बच्चाको खानपान हेरचाहका साथै आमा स्वयंले अपनाउनुपर्ने सावधानीबारे महिला सचेत बन्न थालेका छन् । बच्चा पेटमा बसेदेखि नियमित स्वास्थ्य संस्थामा गर्भ जाँच, आइरन चक्की तथा जुकाको औषधि सेवन, विभिन्न खोपका साथै स्वास्थ्य संस्थामै सुत्केरी हुनेबारे ग्रामीण स्तरका महिला पनि सचेत बन्दै गएका हुन् । सुनौला हजार दिनभित्र पर्ने महिलाले त्यस अवधिमा पोषिलो खानेकुरा अनिवार्य खानुपर्ने तथा बच्चा जन्मिसकेपछि ६ महिनासम्म आमाको दूध र त्यसपछि थप पोषिलो खानेकुरा पनि खुवाउनेबारे महिला सचेत बन्दै गएको पाइएको छ ।

गर्भवती तथा सुत्केरी महिलाले दूध, दही, हरियो सागपात, फलफूल, माछा मासु, अन्डाजस्ता पोषिलो खानेकुरा खानुहुँदैन भन्ने परम्परागत सोचबाट ग्रसित समाजमा सुरक्षित मातृत्वबारे सचेतना बढ्दै गइरहेको पाइएको हो । ‘पहिले गर्भवती र सुत्केरी महिलाले कुवत बार्नुपर्छ भनेर सुख्खा खाना खानुपर्थ्यो अहिले पाएसम्म सबै कुरा खान थालेका छौं', विनायक-२ की जयसरा आउजीले भन्नुभयो, ‘पहिले नबुझेर कुवत बारिएछ, अहिले बार्न छाडेका छौं ।'

गर्भवती तथा बच्चा दूध सेवन गर्ने अवधिसम्म महिलालाई चिल्लो पोषिलो खानेकुरा खाएमा बच्चा बिरामी हुने गलत सोचका कारण बुढापाकाले पोषिला खानेकुरा खान नदिने गलत सोच बिस्तारै हट्दै गएको विनायक-२ की तारा विकले सुनाउनुभयो । ‘गर्भवती तथा सुत्केरी अवस्थामा अरू समयको भन्दा झन् बढी पोषिला खानेकुरा खानुपर्ने रहेछ हामीले त धेरै पछि मात्र बुझ्यौँ', ताराले भन्नुभयो, ‘सासू-ससुराले बच्चा बिरामी हुन्छ भनेर सुख्खा खाना खुवाउन लगाए, त्यसैले हामी कमजोरी भयौँ ।'

सरकारले आमा तथा बच्चाको सुरक्षाका साथै उनीहरूको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेपछि महिलामा यससम्बन्धी चेतना बढ्दै गएको हो । सरकारले नियमित गर्भजाँच, संस्थागत सुत्केरी तथा सुत्केरीपछिको २८ दिनसम्म नियमित स्वास्थ्य परीक्षणजस्ता क्रियाकलापलाई महत्वसाथ कार्यान्वयन गर्न थालेपछि महिलाले सुनौला हजार दिनबारे सचेत बनेको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताउनुभयो ।

गाउँ-गाउँमा हरेक बार खाना चारको नारासहित सरकारी तथा गैरसरकारी संघसंस्थाले सुनौला हजार दिनका महिलालाई विशेष लक्ष्य गर्दै गतिविधि सञ्चालन गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार यस वर्षको हालसम्म अछाममा एउटा पनि आमाको गर्भ तथा सुत्केरी अवस्थामा ज्यान गएको छैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.