नयाँ सरकारले बहिर्गमन प्रक्रिया अघि बढाउँछ : मे

नयाँ सरकारले बहिर्गमन प्रक्रिया अघि बढाउँछ : मे

लन्डन :  बेलायतकी प्रधानमन्त्री थेरेसा मेले निर्वाचन परिणाम आएसँगै संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नो दलले नयाँ सरकारको नेतृत्व लिने र सोही सरकारले बेलायतलाई युरोपेली युनियन (इयू)बाट बहिर्गमन हुने प्रक्रियाको नेतृत्व लिने बताएकी छन् । बहुमतका लागि आवश्यक ३२६ सिटमा मेको दलले ३१८ मात्र हासिल गरेको छ ।

बहिर्गमन प्रक्रिया शुरु हुने भनी तय भएको समयतालिका आउन केही दिन रहँदा भएको मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा हासिल गरे पनि संसद्मा प्रतिनिधित्व गरेको ठूलो दलको हैसियतमा प्रधानमन्त्री मेले बेलायती महारानी एलिजावेथ द्वितीयासँग शुक्रबार भेट गरेकी थिइन् । महारानीसँगको भेटपछि प्रधानमन्त्रीको सरकारी कार्यालय डाउनिङ स्ट्रिटमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री मेले भनिन्, ‘हामीले बहिर्गमनका लागि गरेको प्रतिबद्धता पूरा गरेरै छाड्नेछौँ ।'

प्रधानमन्त्रीको दलको निर्वाचनमा कमजोर परिणाम आएसँगै उनको पुरानो एजेन्डाका रूपमा रहेको इयुबाट बेलायतको बहिर्गमनको विषय अन्योलमा पर्ने सम्भावना देखिएको अड्कल भइरहेका थिए । यद्यपि मेले निर्वाचन परिणामका कारण इयुबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने स्पष्ट पारेकी छन् । यसैबीच प्रतिपक्षी दल लेबर पार्टी र मेकै दलका केही नेताले समेत निर्वाचन परिणामको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिपक्षी दलका नेता जेरमी कोर्बिनले प्रधानमन्त्रीले पदमा रहिरहने जनमत गुमाएकाले उनको राजीनामा आउनुपर्ने बताउँदै भने, ‘प्रधानमन्त्री मेको दलले पाएको जनादेश निर्वाचन परिणामबाट सकिएको छ । उहाँले जनमत गुमाउनुभएको छ, समर्थन गुमाउनुभएको छ र उहाँप्रतिको विश्वास पनि गुमेको छ ।' प्रधानमन्त्री मेले आफ्नो दललाई जनतासमक्ष लानुभएकोमा जनताबाट पराजित भएपछि नैतिकताका हिसाबले पनि राजीनामा दिनुपर्ने लिबरल डेमोक्र्याट पार्टीका नेता टिम फ्यारोनले बताए । निर्वाचनले ‘हार्ड ब्रेक्जिट'को मुद्दालाई पराजित गरेको कन्जरभेटिभ पार्टीका पूर्व वित्तमन्त्री जर्ज अर्सवर्नले टिप्पणी गरे ।

सल्लाहकारद्वारा राजीनामा

थेरेसा मेको कन्जरभेटिभ पार्टीले बिहीबार भएको मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा ल्याएपछि उनका दुईजना निकट सहयोगीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । थेरेसा मेलाई सन् २०१५ मा संसद्मा बहुमत प्राप्त भएको थियो तर मध्यावधि निर्वाचनमा भने बहुमत प्राप्त गर्न नसकेको भन्दै आलोचनापछि निक टिमोटी र फिअना हिलको राजीनामा आएको हो । उनीहरू करिब ६ वर्षदेखि मेको सल्लाहकार रहँदै आएका थिए । टिमोटी र हिलमाथि कन्जरभेटिभ पार्टीकै कतिपय नेताले डाउनिङ स्ट्रिटमा अस्वस्थ वातावरणलाई प्र श्रय दिएको आरोप लगाएका छन् ।

मुद्रा कमजोर

थेरेसा मेको पार्टीले बिहीबार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनीतिक अनिश्चिततासँगै बेलायती मुद्रा पाउन्डस्टर्लिङको मूल्यमा गिरावट आएको छ । स्टर्लिङको शुक्रबार बिहान सातसाता यताकै सबैभन्दा तल १.२६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने युरो भने सात सातामा सबैभन्दा माथि ८८.५९ मा कारोबार भएको थियो । शनिबार भने पाउन्ड स्टर्लिङ १.२७ अमेरिकी डलर पुगेको छ । बेलायत बाहिर रहेका स्टर्लिङमा कारोबार नगरी अन्य मुद्रामा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीलाई भने राहत भएको र यसको प्रभाव शेयर बजारमा देखिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.