गृहमन्त्री उपस्थित हुने भनिएको क्षेत्रीय सुरक्षा गोष्ठी अचानक स्थगित

गृहमन्त्री उपस्थित हुने भनिएको क्षेत्रीय सुरक्षा गोष्ठी अचानक स्थगित

विराटनगर : दोस्रो चरणको स्थानीय निकाय निर्वाचन सुरक्षा तयारीका लागि भनेर पूर्वाञ्चलमा आयोजना गरिएको क्षेत्रीय स्तरको सुरक्षा गोष्ठी अचानक स्थगित भएको छ।

निर्वाचनमा भाग नलिने आन्दोलनरत राष्ट्रिय जनता पार्टीको घोषणासंगै उसले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहँदा निर्वाचनको सन्दर्भमा आयोजना गरिएको गोष्ठी स्थगित हुनुलाई चासोपूर्वक हेरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार विराटनगरमा आयोजना गर्ने भनिएको गोष्ठी स्थगितको जानकारी पूर्वाञ्चलका सुरक्षा अधिकारीलाई आइतबार दिउँसो प्राप्त भएको हो। पछि गर्ने गरी स्थगित गरिएको भनिए पनि कहिले भनेर मिति तोकिएको छैन।

गोष्ठीमा गृहमन्त्री जनार्दन शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत पूर्वाञ्चलका सुरक्षा अधिकारी सहभागी हुने कार्यक्रम थियो।

गोष्ठीका लागि गृहमन्त्री शर्मालगायतका अधिकारी आइतबार नै विराटनगर आउने कार्यक्रम थियो। स्थगित भएपछि मन्त्री शर्मा आउनु भएन। स्रोतका अनुसार गोष्ठीमा गृह मन्त्री शर्माले दोस्रो चरणको निर्वाचन तयारीका बारेमा सुरक्षा निकायसंग जानकारी लिने र सुरक्षा व्यवस्था मिलाउने सवालमा आवश्यक निर्देशन दिने कार्यक्रम थियो।

सबै तयारी पूरा भएपछि गोष्ठी अचानक स्थगित भएको उच्च सुरक्षा स्रोतले बतायो। गोष्ठीका लागि पूर्वाञ्चलका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा प्रमुखहरुलाई बोलाइएको थियो। ‘गोष्ठीमा सहभागी हुनका लागि धेरै जसो पहाडी जिल्लाबाट बाटो लागिसकेका थिए,’ स्रोतले भन्यो, ‘स्थगित भएको खवर आएका कारण सबैलाई बैठक नहुने जानकारी दिएर फर्काइयो।’

निर्वाचनका विषयलाई लिएर आन्दोलनरत राष्ट्रिय जनता पार्टीसंग सरकारको वार्ता चलिरहेका कारण तत्कालका लागि गोष्ठी नै स्थगित भएको हुन सक्ने सुरक्षा अधिकारीहरुको भनाइ छ।

‘राजपालाई चुनावमा ल्याउन सरकारले वार्ता गरिरहेको छ,’ एक सुरक्षा अधिकारीले भने, ‘वार्ताबाट कुनै निष्कर्ष निस्कन नसकेका कारण तत्कालका लागि स्थगित गरिएको हुन सक्छ।’ राजपासंगको छलफल र वार्ताबाट निस्कने निस्कर्षका आधारमा चुनावी सुरक्षा रणनीति तयार गर्नु पर्ने भएकाले पनि तत्काललाई बैठक स्थगित गरिएको हुन सक्ने उनको भनाइ छ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले गोष्ठी स्थगित भएको जानकारी दिंदै त्यसको कारण भने थाहा नभएको बताउनु भयो। ‘सोमबार विराटनगरमा निर्वाचन सुरक्षा तयारीका लागि भनेर क्षेत्रीय गोष्ठीको आयोजना गरिएको थियो,’ उहाँले भन्नु भयो, ‘तर अचान स्थगित भएको जानकारी प्राप्त भए पनि कारण थाहा हुन सकेन।’ उहाँका अनुसार पछि आयोजना गर्ने गरी गोष्ठी तत्कालका लागि स्थगित गरिएको हो।

बैठक स्थगित भए लगत्तै आइतबार सुनसरीको इटहरीमा पूर्वाञ्चलका सुरक्षा अधिकारी सम्मिलित बैठक आयोजना गरिएको थियो। नियमित भनिएको बैठकमा निर्वाचन सुरक्षाका सवालमा र समसायिक विषयमा छलफल भएको बताइएको छ। पहिलो चरणमै मुलुक भर निर्वाचन गर्ने चर्चा चलिरहँदा यस अघि गृह मन्त्री विमलेन्द्र निधी हुँदा पनि क्षेत्रीय सुरक्षा गोष्ठी विराटनगरमा आयोजना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.