अनिता मिस मंगोल

अनिता मिस मंगोल

काठमाडौं :  आफ्ना २९ प्रतिस्पर्धीलाई उछिन्दै सिन्धुपाल्चोककी १७ वर्षीया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । भविष्यमा वकिल बन्ने लक्ष्य लिएकी अनितालाई अभिनेता नीर शाह, पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना, स्टान्टर्ड चार्टर्ड बैंकका सीईओ जोसेफ सिल्भानस, अभिनेता भुवन केसी, मगर समाज सेवा केन्द्रका अध्यक्ष मानबहादुर बुढामगर, चलचित्र निर्देशक मिलन चाम्स एवं अभिनेत्रीद्वय सरिता लामिछाने र दिया पुन सम्मिलित निर्णायक मण्डलले विजेता छनोट गरेका हुन् ।

सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यमा राजधानीमा शनिबार आयोजित प्रतियोगितामा सबैभन्दा कान्छी प्रतियोगी अनिताले उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । उनले मिस पङ्चुअलको उपाधिसमेत हात पार्न सफल भइन् । प्रतियोगितामा उनलाई पछ्याउँदै बागलुङकी २३ वर्षीया खुसी मगर र धरान सुनसरीकी १८ वर्षीया श्वेता थापामगर क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । भविष्यमा एन्टरप्रेनर बन्ने लक्ष्य लिएकी फस्ट रनरअप खुसीले बीबीए पूरा गरेकी छन् । हाल बैंक अफ काठमाडौंमा कार्यरत उनले मिस फोटोजेनिकको उपाधि पनि आफ्नो पक्षमा परिन् ।

त्यसैगरी सेकेन्ड रनरअप श्वेता भारतको बैंगलोरस्थित राजीव गान्धी कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् । खुसी र श्वेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०१७ मा १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा रसुवाकी भूमिका थापा मिस लिडरसिप, रामेछापकी रेभा सुनुवार मिस पर्सनालिटी, धनकुटाकी निशा लिम्बू मिस बेस्ट हेयर, काभ्रेकी रेनुका लामा मिस बेस्ट स्किन, सुनसरीकी निशा राई मिस डिस्सिप्लिन, सुनसरीकै महिमा राई मिस फ्रेन्डसिप, काठमाडौंकी केट्रिन कुलुङ मिस पब्लिक च्वाइस र बागलुङकी करुना पुन मिस ट्यालेन्ट घोषित भए ।

प्रतियोगितामा सहभागीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले चार साता विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी मिस मंगोल नेपालकी सीईओ सुम्निमा देवानका साथै पूर्ण लामा, राजभाइ सुवाल, रेनु बाजा लामा, कपिल तमोट, वर्षारानी गुरुङ, गुराँस लिम्बू, सौम्या गुरुङलगायत विभिन्न व्यक्तिहरूले पनि आआफ्नो क्षेत्रमा कक्षा दिएका थिए । सिंगापुर इन्टरप्राइजेजको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा वायो हुस्की, हट सिक्स इनर्जी ड्रिंक, स्काई एजुकेसन कन्सल्टेन्सी, सल्भ एन्ड केयर, मिसुमी कस्मेटिकलगायतको साथ रहेको थियो । मिस मंगोलको यो नवौं संस्करण हो । प्रतियोगीतामा राजेशपायल राई, धीरज राईलगायतले आआफ्नो प्रस्तुतिमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.