चट्याङ लागेर दुई गम्भीर घाइते

चट्याङ लागेर दुई गम्भीर घाइते

झापा : हावाहुरीसँगै परेको चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् ।

उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेकाले दमकस्थित लाइफलाइन अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययरत उनीहरु आइतबार बेलुका घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । पानी परेपछि उनीहरु रुखमा ओत लागेर बसेको अवस्थामा चट्याङ परेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.