कलाकार विक्रम परियार हत्या प्रकरणमा संलग्न ६ जना पुर्पक्षका लागि थुनामा

कलाकार विक्रम परियार हत्या प्रकरणमा संलग्न ६ जना पुर्पक्षका लागि थुनामा

तनहुँ : कलाकार विक्रम परियारको हत्यामा संलग्न ६ जनालाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधिश अम्बरराज पौडेलको इजलासले घटनामा संलग्नताको आरोपमा प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेका सबैलाई पुर्पक्षमा पठाउने आदेश गरेको अदालतका श्रेस्तेदार विश्व अर्यालले जानकारी दिनुभयो ।
यसरी कारागार चलान हुनेमा व्यास नगरपालिका वडा नम्बर १ हाईस्कूलटारका २० वर्षका रोशन चन्द र सोही ठाउँका १७ वर्षका मधुसुदन नेपाली र १७ वर्षका रञ्जन ठकुरी तथा व्यास नगरपालिका वडा नम्बर ३ देउरालीनगरका १८ वर्षकी उषा थापा छन् । १६ वर्ष नपुगेका दुईलाई भने अदालतले सुधार गृहमा राख्नका लागि आदेश जारी गरेको छ ।
स्थानीय चुनावमा मतदान गरी फर्केका परियारमाथि गत बैशाख ३१ गते उनीहरुले ढुंगाले आक्रमण गर्दा परियारको घटनास्थलमै ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.