विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

नयाँ दिल्ली : पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ । उक्त दम्पत्तिले आफ्नो शिशुको उपचारका लागि भारत आउन मेडिकल भिसा खोजेको थियो । तर सुरुमा नपाएको समाचार आएको थियो । उक्त समाचारपछि भारतीय विदेशमन्त्री सुषमा स्वराजको हस्तक्षेपपछि सो भिसा दिइएको हो ।
सो प्रवेशाज्ञापछि पाकिस्तानी नागरिक कलवाल सादिकको दम्पत्ति मङ्गलबार नयाँ दिल्ली आइपुगेको छ । उनीहरुले ती शिशुको उपचार भारतको नोएडास्थित अस्पतालमा गराउने योजना बनाएका छन् ।

नोएडाको अस्पताल भारतीय राष्ट्रिय राजधानी नयाँ दिल्लीभन्दा करिब ३० किलोमीटर टाढा पर्दछ । पाकिस्तानमा रहेको भारतीय उच्चनियोगले सोमबार साँझ त्यस दम्पत्तिलाई भिसा दिएको थियो ।

पाकिस्तानी नागरिक सादिकले आफूले भिसा नपाएको कुरा भारतीय विदेशमन्त्री स्वराजलाई ट्वीटर अकाउन्टमार्फत गुनासो सार्वजनिक गरेका थिए ।

सोही आधारमा उनलाई भिसा दिनु भन्ने आदेश स्वराजले फोनमार्फत पाकिस्तानस्थित उच्चायोगलाई आदेश दिनुभएको थियो । विदेशमन्त्रीको आदेश बमोजिम नै आफूले भिसा पाएको सादिकले जानकारी दिएका छन् ।

सादिकको चार महिने छोरा रोहानको मुटुमा प्वाल देखिएको छ । उनले नोएडामा नै उनको उपचार गराउन चाहेका थिए । सोही बमोजिम उनले भिसाको लागि आवेदन गर्दा प्राप्त गर्न सकेका थिएनन् ।

हाल भारत र पाकिस्तानका बीचमा केही दिनयतादेखि विवाद बढ्दो देखिएको छ । यसै कारण भारत र पाकिस्तानका नागरिकलाई आपसमा यात्राका लागि पनि समस्या उत्पन्न हुने गरेको छ ।

उनले केही दिनअघिमात्र किन मेरो शिशुले उपचार पाउन नसक्ने म्याडम सुषमा र सर सरताज अजिज ? भनेर भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी विदेशमन्त्री सरताज अजिजलाई उहाँहरुको ट्वीटरमा लेख्नुभएको थियो ।
उक्त ट्वीटरको प्रतिउत्तरमा स्वराजले भन्नुभएको थियो– होइन, दुई देशको वर्तमान सम्बन्धको शिकार रोहान बन्ने छैनन्, तपाईले मेडिकल भिसा पाउनुहुने छ, पाकिस्तानमा रहेको भारतीय हाइ कमिसनमा सम्पर्क गर्नु ।

त्यो सूचनापछि सादिक उक्त हाइ कमिसनमा पुगेका थिए र लगत्तै उनले भिसा पनि प्राप्त गरेका थिए । उनी आजै भारत आइपुगेका नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.